दशैमा लोकल खसी र हाँस चाहिएको छ ? ग्यापुमा अर्डर गर्नुस !

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,०४:३५:PM  
दशैमा लोकल खसी र हाँस चाहिएको छ ? ग्यापुमा अर्डर गर्नुस !

काठमाडौं । दशै तिहारलाई लक्षित गरी ग्यापु डटकमले  लोकल खसी, कुखुरा र हाँसको अर्डर लिने भएको छ । उपभोक्ताहरुलाई बजारमा गएर खसी,कुखुरा र हाँस किन्न कोभिडका कारण समस्या नहोस भन्ने उद्धेश्यले ग्यापुले अनलाइन मार्फत नै होम डेलिभरि गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र खड्काले जानकारी दिए ।

 ग्यापुलले बाजेको सेकुवासँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरि उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने उनले बताए ।
 चाडपर्वलाई लक्षित गरी ग्यापुले दशैंमा पचास लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने तयारी समेत गरेको छ ।

ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, सेल पे, इ–सेवा, खल्ती, आइएमइ पे, प्रभु पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top