काठमाडौं । पछिल्ला दिनहरुमा विशेषगरी जलविद्युत कम्पनीहरुको सेयरमा उछाल आइरहेको छ । असोज १ गते बिहीबार मात्रै अधिकांश जलविद्युत कम्पनीको सेयरमा पोजेटिभ सर्किट लाग्ने अवस्था सिर्जना भयो । त्यसदिन झन्डै ३ दर्जन कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको बृद्धि देखिएको छ ।
पछिल्लो समय नेप्सेमा जलविद्युत कम्पनीहरु सूचीकृत हुने क्रम बढेसँगै हिस्सा पनि क्रमशः बढ्दै गएको छ । बिमा समूहमा देखिएको बढाइ वा घटाइले वाणिज्य बैंक समूहपछि नेप्से सूचक प्रभावित हुने अवस्था आएको छ । गत असारसम्म मूल्यका आधारमा जलविद्युत कम्पनीको सेयर बजारमा हिस्सा १७.९ प्रतिशत रहेको छ ।
जलविद्युतसँगै बिहीबार होटलहरुको सेयर मूल्यमा पनि सर्किट लागेको छ । सरकारले कोरोना कहरलाई बिर्सेर करिव ६ महिनापछि खोल्ने निर्णय गरेकै दिन बजारमा होटल सूचकमा उछाल आएको छ । यद्यपी, नेप्सेमा ३ वटा होटलको मात्रै कारोबार हुने गर्दछ । होटलको हिस्सा सेयर बजारमा अत्यन्तै न्यून (०.१ प्रतिशत) छ । क्षेत्रगत समूहरु सबै उकालो चढिरहँदा निर्जीवन बिमा कम्पनी समूह सूचक भने ओरालो लागेको छ ।
बिमा कम्पनीहरु (जीवन तथा निर्जीवन)को सेयर मूल्यका आधारमा १०.१ प्रतिशत हिस्सा छ । सुरुमा निकै प्रिमियम उठ्ने र दाबी भुक्तानी कम दिनुपर्ने आंकलन गरेर कोरोना बिमालाई व्यवसायको अभिन्न अंग बनाउन लागिपरेका निर्जीवन बिमा कम्पनीहरु अहिले दाबी भुक्तानीमा दबाब परेपछि झस्किएका छन् । त्यसको असर सेयर बजारमा पनि परेको छ । अधिक हिस्सा कोरोना बिमाको दाबी भुक्तानी जाने र त्यसले निर्जीवन बिमा कम्पनीले दिने लाभाांशमा धक्का हान्ने भएपछि लगानीकर्ताहरु निर्जीवन बिमा कम्पनीको सेयर उठाउन अनिच्छुक देखिएका छन् ।
जलविद्युतसँगै बिहीबार होटलहरुको सेयर मूल्यमा पनि सर्किट लागेको छ । सरकारले कोरोना कहरलाई बिर्सेर करिब ६ महिनापछि खोल्ने निर्णय गरेकै दिन बजारमा होटल सूचकमा उछाल आएको छ । यद्यपी, नेप्सेमा ३ वटा होटलको मात्रै कारोबार हुने गर्दछ । होटलको हिस्सा सेयर बजारमा अत्यन्तै न्यून (०.१ प्रतिशत) छ । क्षेत्रगत समूहरु सबै उकालो चढिरहँदा निर्जीवन बिमा कम्पनी समूह सूचक भने ओरालो लागेको छ ।
अल्पकालीन कारोबारलाई हेरेर दीर्घकालको विश्लेषण यथार्थपरक नहुन पनि सक्छ । अर्कोतिर कोरोना बिमाले जीवन बिमा कम्पनीको कारोबारलाई तत्काल कुनै घाटा नपुर्याए पनि दीर्घकालमा बिमाप्रति नै नकारात्मक धारण पैदा हुने अवस्था सिर्जना भयो भने घाटा पुग्न सक्छ । त्यसका लागि बिमा कम्पनीहरुले व्यापक मात्रा सचेतना कार्यक्रम चलाउनुपर्ने आवश्यकता देखिन्छ ।
कतिपय सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् भने कतिपय घोषणाको तयारीमा छन् । फेरि पनि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गत आर्थिक वर्षको उठाउन बाँकी ऋणको सावाँ तथा ब्याज र किस्ता असोज मसान्तसम्म उठाएको खण्डमा गत वर्षकै आम्दानीमा बाँध्न मिल्ने सुविधा दिएकाले वित्तीय संस्थाहरु ‘पर्ख र हेर’को अवस्थामा छन् । सेयर मूल्यका आधारमा नेप्सेमा वित्तीय संस्थाहरु (लघुवित्तसमेत)को हिस्सा ६२.२ प्रतिशतमा झरेको छ ।
एकल वाणिज्य बैंक समूहको ५३.१ प्रतिशत हिस्सा रहेकाले सेयर मूल्यमा परिवर्तनले मात्रै बजारको स्थिरता कायम गराउन महत्वपूर्ण भूमिका खेल्छ । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुको नाफामा गिरावट आएको होइन पुँजीवृद्धिका आधारमा दिने प्रतिफल दरमा मात्रै कमी आएको हो ।
२०७३ साउन १२ गते नेप्से १८८१.४५ अंक छोएर फर्किएपछि २०७५ फागुन १९ गते न्यून विन्दु ११००.५८ अंकसम्म झरेको थियो । त्यसपछि बजार घटबढ हुँदै गत फागुन १८ गते नेप्से सूचक १६२०.२७ अंकलाई छोएर फर्कियो । त्यसपछि फेरि २०७७ असार १५ गते ११७८.१५ विन्दुमा ओर्लेको बजार निरन्तर बढ्दो क्रममा छ ।
तत्कालीन अर्थमन्त्री (हाल प्रधानमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार) डा.युवराज खतिवडालाई देखाएर बजारलाई अस्थिर बनाउने गरिएको थियो । तर, खतिवडा अर्थमन्त्रीबाट बर्हिगमन भएसँगै बजारले फेरि नयाँ उचाइ समाउने सम्भावना बोकेको छ ।
सरकारले कोरोना भाइरसको संंक्रमणलाई न्यूनीकरण गर्दै स्वास्थ्य मापदण्ड अपनाएर सम्पूर्ण व्यावसायिक क्षेत्र खुला गरेबाट आगामी दिनमा अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गर्न सकिन्छ । अहिले पनि मुलुकको अर्थतन्त्र आर्थिक वृद्धिवाहेक अन्य प्राय सूचकहरु सकारात्मक नै रहेका छन् । अर्कोतिर अनलाइन कारोबारमा देखिएको समस्या समाधान गर्न सम्बन्धित निकायले ध्यान केन्द्रित गर्न थालेका छन् ।
सेयर बजारमा नयाँ-नयाँ उपकरणहरुको प्रवेश गराउने क्रम जारी छ । कोरोना कहरकाबीच पनि सूचीकृत कम्पनीको नाफामा अपवादबाहेक खासै कमी नदेखिनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने समय नजिकिनुले बजार बढाउने भूमिका खेलिरहेको छ । अहिलेकै सफ्तारमा बजार बढेर नयाँ उचाइ हासिल गर्ने सम्भावना छैन । तथापी, केही दिनमै बजारले पुरानो मध्यम रेकर्ड १६२० लाई तोडेर माथि जाने र त्यसपछि फेरी ओरालो झर्ने माहोल बन्ने सम्भावना छ ।
सेयर बजारमा नयाँ-नयाँ उपकरणहरुको प्रवेश गराउने क्रम जारी छ । कोरोना कहरकाबीच पनि सूचीकृत कम्पनीको नाफामा अपवादबाहेक खासै कमी नदेखिनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने समय नजिकिनुले बजार बढाउने भूमिका खेलिरहेको छ । अहिलेकै सफ्तारमा बजार बढेर नयाँ उचाइ हासिल गर्ने सम्भावना छैन । तथापी, केही दिनमै बजारले पुरानो मध्यम रेकर्ड १६२० लाई तोडेर माथि जाने र त्यसपछि फेरि ओरालो झर्ने माहोल बन्ने सम्भावना छ ।
किनभने केही वृद्धि देखिएपछि बजारमा लगानीकर्ताहरुले तत्कालीन नाफा बुक गर्ने परिपाटी हावी हुँदै गएकाले त्यसको असर बजारमा पर्ने निश्चित छ । तीब्र रुपमा बजार बढेका र घटेका बेला लगानीकर्ता आवेशमा आवेसमा र त्यतिबेला सूचीकृत कम्पनीहरुको आधारभूत आधारहरु पनि नहेर्ने भएकाले फस्ने सम्भावना बढी हुन्छ ।
नेप्से सूचक घटबढ हुनु सामान्य प्रक्रिया हो । लगानीकर्ताले आफ्नो पोर्टफोलियो व्यवस्थापन गरी अधिकतम फाइदा कसरी लिने भन्नेमा ध्यान हुन्छ । चलाख लगानीकर्ताले बजार घटेकै बेला पनि फाइदा उठाइरहेका हुन्छन् भने केही लगानीकर्ता बजार बढ्दा पनि घाटामा पुगेका हुन्छन् ।