काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा सञ्चालित बज्रबाराही मिठाइ पसलको सोमबारदेखि बिक्री रोक्का गरिएको छ ।
पसल फोहोर भएको, तयारी खाद्य वस्तु खुला राखेको, सेल, पुरी बनाउन प्रयोग गरिने भाँडा नमाझेको, तेल नफेरेको, भान्सा कहिल्यै सफा नगरेको, बिक्री गरेका बाँकी सामान भान्सामा राखेर सम्भव भएसम्म फेरि बेच्ने गरेको पाइएकोले बिक्री रोक्का गरिएको हो ।
काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समिति पसलमा पुग्दा नुवाकोटतर्फ जाने यात्रीहरुको भीड थियो । उनीहरु पसलमा बिहानको खाजा खाइरहेका थिए । घामको प्रकाश नआउने पसलमा चहकिलो बत्ती पनि थिएन । खाना खुला बेचिरहेको देखेरभित्र पसेको अनुगमन टोलीका समस्यहरुलाई भान्सामा १० मिनेट टिक्न कठिन भयो ।
ग्राहकहरु माथिल्लो तलामा खाजा खाइरहेका थिए । उनीहरुले माग गरेको सामान तल्लो तलाबाट आएको देखेर तल्लो तलामा जान खोज्दा व्यापारीले तल केही नभएको, आफ्नो सबै कारोबार माथिल्लो तलाबाट भएको भन्दै तल जान मानेनन् । उनीहरुको यो जिद्दी सुन्दै लाग्थ्यो, तल्लो तलामा केही न केही समस्या छ ।
यस्तो अनुगमन गरेर तल्लो तलामा पुगेको टोली १० मिनेट पनि टिक्न सकेन । काठको अप्ठ््यारो भ¥याङ्बाट तल झर्दा साँघुरा कोठा भएको ठाउँमा पुगियो । मधुरो प्रकाश आउने ती कोठामा मिठाइ बनाइँदै थियो ।
भान्सा र भान्सेको सफाइ र खाद्यवस्तुको चालचलन मानवस्वास्थ्य अनुकूल नभेटिएपछि अनुगमन टोलीले भौतिक अवस्था र सरसफाइमा सुधार नगरुञ्जेल पसलबाट कुनै पनि मिठाइ, तरकारी तथा अन्य खाद्यवस्तु बेच्न नपाउने गरी रोक्का गरेको हो ।
पसलमा लुकाएर राखेका कारण ढुसी आएको १ डेक्ची रोटी, २ डेक्ची समोसा, बिभिन्न खालका ८ बोरा मिठाइ, १ डेक्ची मालपुवा, ३ टे« गुँदपाक बरामद गरेर फोहोरको गाडीमा नष्ट गरिएको अनुगमन टोलीका संयोजक एवं महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । मिठाइ पसलमा बेच्न राखिएका कुनै पनि खानेकुरा खानका लागि योग्य नभएको भण्डारीको भनाइ छ ।
माछापोखरी क्षेत्रमा रहेका खाद्यान्न पसलहरुमा उपभोग गर्ने मिति सकिएका सामानहरु बेच्ने गरेको पाइयो । उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सेना भने, ‘नुवाकोट, रसुवालगायत ठाउँबाट आएर हतारमा फर्किने जनसाधारणलाई यस्ता बस्तु बेच्ने गरिएको देखिन्छ । हतारमा भएका यात्रीले मिति हेर्दैनन् । उनीहरुलाई सामान प्राप्त गर्नुसँग मात्र सम्बन्ध देखिन्छ । तिमिल्सेकाअनुसार हरेक पसलमा आधाभन्दा धेरै सामान कि त म्याद सकिएका कि त लेवल नराखिएका छन् ।’
सोमबार माछापोखरीमा रहेको तरकारी बजारको पनि अनुगमन गरिएको थियो ।