काठमाडौं । पश्चिम बागलुङ ढोरपाटन नगरपालिका ७, ८ र ९ नम्बर वडामा गएको बाढी पहिरो क्षेत्रमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार योजनामन्त्री रामशरण बस्नेतसहितको टोलीले निरीक्षण गरेको छ ।
बाढी प्रभावित क्षेत्र निरक्षण गरेपछि स्थानीय जनप्रतिनिधीहरुसँग भेटेर उक्त ठाउँमा विद्युुत,् प्रसारण लाइन सेवा पुर्याउन र क्षतिग्रस्त संरचना निर्मााणका लागि प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोग र सुविद्या प्रदान गर्न कार्यालय स्थापना गर्ने जानकारी दिए ।
त्यस्तै, भौतिक योजना मन्त्री बस्नेतले पनि प्रदेश सरकारले गर्नुपर्ने सहयोग उपलव्ध हुने बताए । बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा आर्थिक मामिला मन्त्री,भौतिक योजना मन्त्री र नगरप्रमुखले बोलेका थिए ।
सोही अवसरमा प्रभु बैंकले बाढी पीडितका लागि भन्दै नगद ५ लाख रुपैयाँ प्रदान गरेको थियो । बैंका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक सेरचनाले नगरपालिकामार्फत बाढी पीडितका कोषमा राख्न सहयोग हस्तान्तरण गरे ।
गत भदौ १७ गते राती भूजीखोलामा आएको बाढी र पहिरोका कारण ढोरपाटन नगरपालिकाको ७, ८ र ९ नम्बर वडाका २२ जनाले ज्यान गुमाएका थिए । १५ जना अझै बेपत्ता छन् ।
७६ घर पूर्ण रुपमा क्षति भएर झन्डै साढे ५ सय व्यक्ति विस्थापित भएका छन् । समितिले बाढी प्रभावित क्षेत्रमा पुगेर करौंडौको क्षति भएको जनाएको छ ।