पर्यटनमा नयाँ आशा, बहराइनका राजकुमारले गरे लोबुचे हिमाल आरोहण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज १७, शनिबार,०८:००:PM  
पर्यटनमा नयाँ आशा, बहराइनका राजकुमारले गरे लोबुचे हिमाल आरोहण

काठमाडौं । कोभिड –१९ को महामारीकै बीचमा बहराइनका राजकुमार सहितको टोलीले सोलुखुम्बुमा रहेको लोबुचे हिमालको सफल आरोहण गरेका छन् । अन्तर्राष्ट्रिय जगतले चासोका साथ हेरिरहेको बेला भएको यो आरोहणलाई पर्यटनमा नयाँ आशाको रुपमा लिन सकिन्छ ।

बहराइनका राजकुमार नासिर बिन हामिद अल खली सहितको टोलीले ६ हजार ११९ मिटर अग्लो सो हिमाल शनिबार बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो । आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेकले गरेको हो ।

उनीहरुको यो आरोहण सिजनकै पहिलो हो । बहराइनका राजकुमारसँगै ३ जना बेलायती नागरिक पनि छन् । लोबुचेपछि उनीहरु गोरखाको मनास्लु हिमाल आरोहणका लागि जाने छन् ।

कोभिडले विश्वको पर्यटन नै थलापरिरहेको बेला सुरक्षित तरिकाले भएको हिमाल आरोहणले नेपालप्रति थप विश्वास जागेको पर्यटन व्यवसायीहरुको भनाई छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top