पानीको जारको मूल्य नबढाउने व्यवसायीको निर्णय, बढी लिनेलाई कारबाही

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २७, मङ्गलबार,०४:१६:PM  
पानीको जारको मूल्य नबढाउने व्यवसायीको निर्णय, बढी लिनेलाई कारबाही

काठमाडौं । व्यवसायीहरू पानीको जारको मूल्य नबढाउन सहमत भएका छन् । सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित विभागमा व्यवसायीसँग भएको छलफलमा व्यवसायीले पानीको मूल्य नबढाउने बताएका हुन् ।

पानीको जारको मूल्य मनलाग्दी रूपमा बढाएपछि विभागले व्यवसायीलाई छलफल तथा स्पष्टीकरणका लागि बोलाएको थियो । 
उक्त छलफलमा व्यापारीले पानीको जारको मूल्य वृद्धि नगर्ने र सर्वाजनिक विज्ञप्ति जारी गर्ने र संसदीय समितिको निर्णयपछि थप अध्ययन गरी अघि बढ्न सहमत भएका हुन् ।

पानीको जारको मूल्य बढी लिने व्यापारीलाई कारबाही गर्ने विभागले जनाएको छ । यसअघि विभागले पानीको जारको अधिकतम खुद्रा मूल्य(एमआरपी) ५० रुपैयाँ तोकेपछि व्यापारीले पानीको मूल्य मनलाग्दी बढाएका थिए ।

यसअघि उपभोक्ताले ३० देखि ३५ रुपैयाँमा किन्दै आएको जारको पानी व्यापारीले ५० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top