नेपाली बजारमा सार्वजनिक भयो जावा मोटरसाइकल, यस्तो छ मूल्य

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २८, बुधबार,१२:०६:PM  
नेपाली बजारमा सार्वजनिक भयो जावा मोटरसाइकल, यस्तो छ मूल्य

नेपाली बजारमा पहिलोपटक जावा मोटरसाइकल सार्वजनिक  भएको छ । नेपालमा महिन्द्रा बाइक र स्कुटरको आधिकारिक वितरक अग्नि ग्रुपले  नयाँ मोटरसाइकल ब्रान्ड जावालाई नेपाली बजारमा मंगलबार शोकेस गरेको हो । ]

कम्पनीले हाल जावा क्लासिक र जावा ४२ लाई पहिलो चरण प्रवेश गराएको छ । रोयल इन्फिल्ड जस्तै लुक्स रहेको यो बाइकले नेपाली बजारमा धमाका मचाउने अनुमान गरिएको छ ।

नेपाली बजारमा यी दुवै मोडलका बाइकको मूल्य रोयल इन्फिल्ड बाइक समान नै हुने जनाइएको छ । कम्पनीका अनुसार यी मोटरसाइकलको मूल्य पनि ६ देखि सात लाख रेन्जकै हुने छन्। जावा चेकोस्लोभाकियन मोटरसाइकल निर्माता कम्पनीको हो ।

अहिले जावाबाइक भारतसहित १ सय २० भन्दा बढी मुलुकमा बिक्री हुँदै आएको छ । भारतीय बजारमा महिन्द्रा कम्पनीको स्वामित्व प्राप्त कम्पनी क्लासिक लेजेन्ड्सले भारतसहित पूर्वी एसियाली देशहरमा बिक्री गरिरहेको छ । भारतीय बजारमा विगत केही वर्षदेखि चर्चित छ । जावा क्लासिकको म्याक्स पावर २६।६१ एचपी छ ।

२ सय ५३ सीसी इन्जिन क्षमता भएको जावा क्लासिकको ग्रान्उन्ड क्लियरेन्स १ सय ६५ एमएम दिइएको छ । ६ गियर ट्रान्समिसन भएको यो बाइकले २७।०५ एनएम क्याकसिमम टर्क जेनेरेट गर्छ । त्यसैगरी जावा ४२ को पनि क्लासिक जस्तै विशेषता छन् ।

जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य रु ६ लाख ४८  हजार ५०० तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य रु ६ लाख ७६ हजार ५ सय तोकिएको छ, जहाँ मोडल जावा फोर्टी टु भरियन्टमा आएका छन्, जावा-फोर्टी टु सिंगल च्यानल  एबीएस र जावा-फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमसः  रु ६ लाख २० हजार र रु. ६ लाख ४८ हजार रहेको छ ।

नेेपालमा जावा तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन्, ब्ल्याक, मरुन र ग्रे । यसैगरी जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ ल्युमस लाइम, हृपालिज् टिल, गलार्टिक गि्रन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु । इच्छुक क्रेताहरूले मोटो इंकका नजिकका आधिकारिक शोरुममा जान सकिनेछ ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भर्चुअल समारोहमा भने, ‘हामी आज यस्तो दिनमा छौं, जुन दिनका लागि नेपालका मोटर साइकल चालक -राइडिङ समूह), जावाप्रेमीहरू लामो समयदेखि प्रतीक्षारत थिए, उहाँ माझ यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा  हामी उत्साहित भइरहेका छौं ।’

उनले अघि भने,’यो यात्राका लागि एक्लो विचार होइन, जावा एउटा साथीका रूपमा पनि आएको छ । सबैभन्दा अलग कुरा के हो भने जब तपाईंले जावामा हात उठाउनु हुन्छ, त्यसबेला तपाईं इतिहासको एउटा खण्डमा आˆनो हात राख्दै हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top