कात्तिक ७ गतेभित्र क्लिन फिड लागू नगरे कानुन बमोजिम कारबाही हुन्छः सञ्चार मन्त्रालय

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २८, बुधबार,१२:५४:PM  
कात्तिक ७ गतेभित्र क्लिन फिड लागू नगरे कानुन बमोजिम कारबाही हुन्छः सञ्चार मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक ७ गतेभित्र क्लिन फिड लागू नगरे कानुनबमोजिक कारबाही हुने बताएको छ । बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । 

उक्त विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालय तथा मन्त्रालयका सचिवलाई सम्बोधन गरेर विभिन्न माध्यमबाट इन्डियन ब्रोडकास्टिङ फोरम, डिस्कोभरि नेटवर्क, बीबीसी, नेपाल केबल टेलिभिजन महासंघ लगायतका संघ–संस्थाबाट क्लिन फिड प्रसारण म्याद  थप गर्न माग गरिएको विषयमा मन्त्राललयको ध्यानाकर्षण भएको छ ।’

कात्तिक ७ गतेभित्र विज्ञापन रहित क्लिन फिड प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिसमेत व्यवस्था भएकाले एने मर्म र भावना अनुरूप तोकिएको मितिदेखि क्लिन फिड प्रसारण गराउन भन्दै मन्त्रालयले  सम्बन्धित सबै संघ–संस्थालाई अनुरोध गरिएको छ । 

‘मिति २०७७ कात्तिक ७ गतेभित्र विज्ञापन रहित क्लिन फिड प्रसाण नगरे प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा जनाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top