मन्त्रिपरिषद पुनर्गठनमा ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो, पार्वत गुरुङ बने सूचना तथा सञ्चारमन्त्री (सूचीसहित)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २८, बुधबार,०७:०२:PM  
मन्त्रिपरिषद पुनर्गठनमा ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो, पार्वत गुरुङ बने सूचना तथा सञ्चारमन्त्री (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले मन्त्रिपरिषद विस्तारका साथै केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ल्याएका छन् । रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंसँग राखेका छन् ।

विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी गराइएको छ । हेरफेरपछि २५ सदस्य मन्त्रिपरिषद गठन भएको छ । मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन नपाइने व्यवस्था संविधानमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top