बिहीबार, साउन १४ २०७८ ०२:११ PM

×

नवनियुक्त तीनैजना मन्त्रीले लिए गोपनीयताको शपथ

images

काठमाडौं । नवनियुक्त तीनैजना मन्त्रीले गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रीमा नियुक्त भएका तीनैजना मन्त्रीलाई शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् ।

बिहीबार २९ असोज २०७७ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया