थाइल्यान्डका राजा महा वाचिरालङ्कनविरुद्ध नाराबाजी, देशमा सङ्कटकाल घोषणा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २९, बिहीबार,१२:५६:PM  
थाइल्यान्डका राजा महा वाचिरालङ्कनविरुद्ध नाराबाजी, देशमा सङ्कटकाल घोषणा

बीबीसी । थाइल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न पाइँदैन। तर, प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरुद्ध अभूतपूर्व रूपमा नाराबाजी गरेका छन्।

अधिकांश समय विदेशमा व्यतीत गर्ने थाई राजाले जर्मनीबाट फर्किँदा विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनमा यसरी विरोध भएको हो। अहिले थाई सरकारले देशमा शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न सङ्कटकालीन आदेश जारी गरेको छ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गरेका थिए। सरकारले देशमा शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top