सञ्चार प्रविधि क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनेछु :  सञ्चारमन्त्री गुरुङ

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २९, बिहीबार,०२:१३:PM  
सञ्चार प्रविधि क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनेछु :  सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

‘सञ्चार क्षेत्रमा पहिलो पटक प्रवेश गरेको छु’ उनले भने, ‘प्रविधि मेरो विषय होइन तर सञ्चार क्षेत्रलाई मर्यादित र गरिमा बढाउन पछि हट्ने छैन ।’ मोबाइलका गुणस्तरमा देखिएका समस्यालाई समाधान गर्दै दूरसञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तत्पर रहेको उनको भनाइ छ । 

अप्टिकल फाइबर, टेलिकम कम्पनीहरुमा विभिन्न समस्या रहेको भन्दै सबै क्षेत्रको समस्याको समाधान खोज्दै अगाडि बढ्ने गुरुङले बताए । उनी भन्छन्, ‘सञ्चार क्षेत्रका चुनौतीहरुलाई सहज रूपमा समाधान गर्न म सक्षम छु भनेरै सञ्चार मन्त्रालयमा आएको हुँ । 

पदभार ग्रहणकै क्रममा कर्मचारीलाई इगित गर्दै सञ्चार बुझेको छैन भनेर अलमल्याउने काम नगर्नु र गलत सूचना नदिन आग्रहसमेत गरे । उनले ग्रामीण क्षेत्रका इन्टरनेट सेवालाई प्रभावकारी बनाउने बनाउँदै अगाडि बढ्ने पनि बताए । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top