रिलायन्स रिटेलले केकेआरबाट पायो ५५५० करोडको चेक

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २९, बिहीबार,०४:०२:PM  
रिलायन्स रिटेलले केकेआरबाट पायो ५५५० करोडको चेक

एजेन्सी । मुकेश अम्बानीको स्वामित्वको रिलायन्स रिटेल भेन्चर्स लिमिटेडले विदेशी कम्पनीबाट ५ हजार ५५० करोड भारुको चेक पाएको छ ।

बहुराष्ट्रिय लगानीकर्ता कम्पनी केकेआरले रिलायन्स रिटेलको १.२८ प्रतिशत सेयर खरिद गरेपछि सो रकम बराबरको चेक दिएको हो । रिलायन्स रिटेलको मूल्य बढेर ४.२१ लाख करोड भारु पुगेको छ ।

केकेआरले रिलायन्सको डिजिटल प्लेटफर्ममा ११ हजार ३६७ करोड भारु लगानी गरिसकेको छ । केकेआरले जीओ प्लेटफर्मको २.३२ प्रतिशत सेयर खरिद गरेको छ । रिलायन्स रिटेलको भारतमा १२ हजार वटा आउटलेट छन् । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top