सिभिल बैंकको सेयर खरिदकाे म्याद मंसिर २ गते पुग्यो, १० हजार कित्तासम्म भर्न पाइने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,११:३०:AM  
सिभिल बैंकको सेयर  खरिदकाे म्याद मंसिर २ गते पुग्यो, १० हजार कित्तासम्म भर्न पाइने 

काठमाडौं । सिभिल बैंकले बिक्री गर्न लागेको संस्थापक सेयरको म्याद थप भएको छ । बैंकले  ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको यो सेयरमा आवेदन दिने म्याद थप गरेर मंसिर २ गतेसम्म पुर्याएको  जानकारी दिएको छ । यसअघि बैंकले ३० गते (आज) सम्म आवेदन दिने समय तोकेको थियो ।

सिभिलले असोज १६ गतेबाट लिलामी खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडमा  आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top