यस्तो छ केन्ट आरओको दसैं र तिहार अफर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,१२:५४:PM  
यस्तो छ केन्ट आरओको दसैं र तिहार अफर

काठमाडौं  । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सीजी  इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिलेले दसैं र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं र तिहारलाई लक्षित गर्दै ‘१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस्’ भन्ने नारासहित नयाँ योजना ल्याएको हो । 

यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा चारवटा एलईडी. बल्बको उपहार प्याक प्रदान गरेको छ । यो ग्राहक योजना अश्विन १ देखि सम्पूर्ण नेपालमा सीमित अवधिका लागि लागू गरिएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top