२ करोड ६ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण, कसको कति ?

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,०१:००:PM  
२ करोड ६ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत विभिन्न ४ वटा कम्पनीहरुको प्राथमिक सेयर (आईपीओ) र बोनस सेयर कारोबारका लागि सूचिकरण भएका छन् । यी कम्पनीहरुको कुल २ करोड ६ लाख ६ लाख ४१ हजार ३८२ कित्ता सेयर नेप्सेमा सूचिकरण भएको हो । 

सबैभन्दा बढी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको भएको छ । जनरल इन्स्योरेन्सको १ करोड कित्ता आईपीओ कारोबारका लागि सूचीकरण भएको हो । 

यस्तै हिमालयन बैंकको ८५ लाख २० हजार २५५ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ८६ हजार र स्वालम्बन लुघवित्त वित्तीय संस्थाको १६ लाख ३५ हजार १०९ कित्ता बोनस सेयर कारोबारका लागि सूचीकरण भएको नेप्सेले जनाएको छ ।

हिमालयन बैंक, एनएमबी लघुवित्त र स्वावलम्बनले चुक्तापुँजी बढाउन सेयरधनीहरुलाई बोनस सेयर वितरण गरेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top