सोमबार, असोज ४ २०७८ १२:११ PM

×

नागरिक लगानी कोषले बैंकहरुलाई साढे १२ अर्ब  दिने 

images

काठमाडौं । नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा १ देखि २ वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।  कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ ।

शुक्रबार​ ३० असोज २०७७ ०४:२२ PM मा प्रकाशित

प्रतिक्रिया