माग बढेपछि यार्सागुम्बा वेभरेजले बढायो क्षमता, पुँजी पनि ४५ करोड पुर्यायो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,०४:४६:PM  
माग बढेपछि यार्सागुम्बा वेभरेजले बढायो क्षमता, पुँजी पनि ४५ करोड पुर्यायो

काठमाडौं । यार्सागुम्बा वेभरेजको माग बढ्न थालेपछि कम्पनीले क्षमता र पुँजी दुवै वृद्धि गरेको छ । एभरेष्ट हब्र्स प्रोसेसिङ प्रालिले उत्पादन गरेको यार्सागुम्बा वेभरेज घरेलु बजारमा छोटो समयमा नै स्थापित भएका कारण कम्पनीले यसको क्षमता र पुँजी वृद्धि गरेको हो । 

कम्पनीले वर्षमा ६ हजार लिटर क्षमताबाट ४ लाख लिटर क्षमता पुर्याएको छ । त्यस्तै १० करोड पुँजीबाट ४५ करोड पुँजी वृद्धि गरेको छ । 

कम्पनीका कार्यकारी प्रबन्ध निर्देशक विक्की गोयन्काले नेपाली बजारमा उपभोक्ताले छोटो समयमा नै यसलाई मनपराई दिएका कारण उत्पादन क्षमता बढाएको बताए । ‘हामीले उत्पादन क्षमता मात्र होइन यसको पुँजी पनि वृद्धि गर्याैं,’ उनले भने । 

‘अहिले वर्ड अफ माउथकै आधारमा ब्राण्डिङ भइरहेको छ, काठमाडौं भित्र र बाहिरबाट माग आइरहेको छ, हामीले विस्तारैं रिजनल डिस्टिब्युटर पनि खोलिरहेका छौं,’ उनले भने । 

यार्सागुम्बा वेभरेज ७५० मिलिको दुईथरीमा बजारमा आउने गरेको छ । गोल्डेन साफिर (४० प्रतिशत अल्कोहल) र ब्लू साफिर (२८.५ प्रतिशत अल्कोहल) । ब्लू साफिर चाँडै अन्तर्राष्ट्रिय बजारमा लाने कम्पनीको योजना छ । यसको बजार मूल्य नेपालमा ११ हजार र अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर २३९ रहेको छ । 

नुवाकोटको ककनीमा उद्योग रहेको यार्सागुम्बाको अब बालाजु औद्योगिक क्षेत्रभित्र सिफ्ट हुन लागिरहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top