शनिबार राजधानीका दुई दर्जन बढी स्थानमा बिजुली आपूर्ति बन्द हुने, यी क्षेत्रमा लाइन हुने छैन 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,१०:०८:PM  
शनिबार राजधानीका दुई दर्जन बढी स्थानमा बिजुली आपूर्ति बन्द हुने, यी क्षेत्रमा लाइन हुने छैन 

काठमाडौं । क्षमता विस्तार र मर्मतका लागि शनिबार काठमाडौं उपत्यकाका दुई दर्जन बढी क्षेत्रमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

भक्तपुरको ठिमी, काठमाडौंको बालाजु र कुलेश्वर वितरण केन्द्रबाट आपूर्ति हुने दुई दर्जन क्षेत्रमा बिजुली बन्द हुने भएको हो ।

ठिमीमा बुस कटिङका लागि विहान १० देखि मध्यान्ह १२ बजेसम्म, यस्तै मर्मतका लागि मध्यान्ह १२ देखि ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै बालाजुमा मर्मतका लागि ११ देखि मध्यान्ह १ बजेसम्म र कुलेश्वर वितरण केन्द्रका स्थानहरुमा ट्रान्सफरमर जडान र रुख काट्ने कामका लागि विहान ११ देखि दिउँसो २ बजेसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top