युनियन लाइफले मृतकको परिवारलाई दियो १४ लाख 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक १, शनिबार,१०:०३:PM  
युनियन लाइफले मृतकको परिवारलाई दियो १४ लाख 

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत  १४ लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले व्यास नगरपालिका–१ का मृतक बीमित कृष्ण पन्थको परिवारलाई घरमै पुगी दाबी रकम हस्तान्तरण गरेको हो । 

वैदेशिक रोजगार (म्यादी) बीमाअन्तर्गत रकम राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य तथा व्यास –१ का वडाध्यक्ष खरसिं दरैले पीडित परिवारलाई शनिबार हस्तान्तरण गरेका छन्। गत वैशाखमा वैदेशिक रोजगारका क्रममा बीमित पन्थको कतारमा निधन भएको थियो । 

चेक रकम हस्तान्तरण गर्दै सांसद पन्थले बीमा गर्दा  सजिलो भए जस्तै दावी भुक्तानी गर्दा पनि विनाझण्झट रकम बीमितले पाउनुपर्नेमा जोड दिनुभयो । 

 बीमित पन्थको मृत्यु दावी भुक्तानीअन्तर्गत शव ल्याउँदा १ लाख, किरिया खर्चबापत १ लाख, आय नोक्सानीबापत २ लाख र बीमाङ्क १० लाख गरी कूल १४ लाख रुपैयाँ बराबरको चेक मृतकका बुबा भोलानाथ र श्रीमती निर्मलालाई हस्तान्तरण गरिएको कम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top