काठमाडौं । गुणस्तरहीन बियर उत्पादन गरेको गोर्खा ब्रुअरीलाई आन्तरिक राजस्व विभागले रक्सी सहर अन्तःशुल्क लगाएपछि त्यो तिर्नुको साटो शक्तिकेन्द्र धाउन थालेको छ ।
ब्रुअरीले ५० प्रतिशतभन्दा बढी जौको मात्रा राखेर बियर उत्पादन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, गोर्खाले बनाएको बियरमा जौको मात्राभन्दा अल्कोहलको मात्रा बढी देखिएपछि सरकारले प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तःशुल्क लगाएको हो ।
विभागले अल्कोहल सरह अन्तःशुल्क लगाएपछि त्यो छुट गराउन गोर्खा ब्रुअरी शक्ति केन्द्र धाउन थालेको हो । ‘नयाँ निर्धारण गरेको अन्तःशुल्क तिर्न गोर्खाले अटेर गरिरहेको छ,’ विभाग स्रोतले भन्यो, ‘तोकिएको अन्तःशुल्क तिरेर बियर बजारमा लैजानुको साटो शक्ति केन्द्र धाएर मिलाउने कसरतमा लागेको छ ।’
यो पनि हेर्नुस्
गोर्खा ब्रुअरीको उत्पादनमा माल्टको सट्टा कनिकाको मात्रा बढी, विभागले दिएन बियरको मान्यता
‘जुनशक्ति केन्द्र धाए पनि गोर्खा ब्रुअरीले तोकिएको अन्तःशुल्क नतिरी सुखै छैन,’ विभागका ती अधिकारीले भने, ‘अन्य शक्ति प्रयोग गराएर अन्तःशुल्कको दर घटाउने दाउमा गोर्खा ब्रुअरी लागेको देखिन्छ ।’
विभाग स्रोतका अनुसार ४ लाख ६७ हजार कार्टुन बियरमा अल्कोहल सरह अन्तःशुल्क लगाइएको छ । ब्रुअरीले त्यसमा लगाइएको अन्तःशुल्क तिर्न अटेर गरेर बसेको छ ।
‘आफैंले लापरबाही गरेर बियर उत्पादन गर्ने, त्यसलाई छुटाउन शक्ति केन्द्र धाउने’ ती अधिकारीले भने, ‘जुन केन्द्र धाए पनि विभागले लगाएको अन्तःशुल्क नतिरी बियर बजारमा पठाउँदैन ।’
यो पनि हेर्नुहोस
गोर्खा ब्रुअरीले नयाँ अन्तःशुल्क तिरेन, माल्टभन्दा कनिका नै बढी भएको नयाँ बियर बजारमा
कि सरकारले तोकेको अन्तःशुल्क तिर्नुपर्याे । होइन भने ४ लाख ३७ हजार कार्टुन बियर नष्ट गर्नुपर्याे । गोर्खासँग अन्य कुनै विकल्प नभएको स्रोतको भनाइ छ ।
विभागले प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तःशुल्क निर्धारण गरेको छ । तर, कम्पनीले भने प्रतिलिटर १ सय ६५ रुपैयाँ मात्रै तिर्ने र सोहीअनुसार मिलाइ दिन शक्ति केन्द्र धाउन थालेको स्रोतको दाबी छ ।
आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीबाट उत्पादन हुने बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा कम रहेको भन्दै १७ प्रतिशतभन्दा धेरै अल्कोहल हुने रक्सी सरह नै कर लगाउने निर्णय गरेको थियो ।
राजस्व कार्यालय कावासोतीका अनुसार गोर्खा ब्रुअरीले बियर उत्पादन गरेर पठाइरहे पनि अल्कोहलको मात्रा बढी भएको बियर भने गोदाममै थन्किएर बसेको छ । नयाँ उत्पादन नर्मन अन्तःशुल्क तिरेर बजारमा गइरहेको कार्यालयले जनाएको छ ।