उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि स्थान तोकियो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक ५, बुधबार,१०:३६:AM  
उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि स्थान तोकियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वार्षिक साधारणसभा र निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । नयाँ कार्यतालिका अनुसार आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण सभा हुनेछ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुने कार्यतालिका तय भएको छ ।
साधारणसभामा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष बन्ने छन्  । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्ष अन्य पदहरुमा भने निर्वाचन हुने भएका छ । कार्यतालिका अनुसार तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइने महासंघले जनाएको छ ।

 टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम गर्ने जानकारी महासंघले दिएको छ।
 सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र  किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top