तिहार नजिकिएसँगै किसानलाई फुल टिप्ने चटारो(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ कात्तिक २४, साेमबार,०७:३८:PM  
तिहार नजिकिएसँगै किसानलाई फुल टिप्ने चटारो(फोटो फिचर)

हिन्दुहरुको दोस्रो महान चाड तिहार नजिकिँदै छ । तिहारमा घर सिँगार्न, पूजा गर्न, दाजुभाइका लागि दिदीबहिनीले भाईटिका गर्ने समयमा माला लगाइदिनका लागि फूल आवश्यक पर्छ । तिहार पर्वमा फूलको निकै ठूलो महत्व रहेको हुन्छ् । त्यसैले पनि होला तिहारलाई फूलहरुको चाड भनेर पनि चिनिन्छ ।

मखमली, सयपत्री, गुर्धौली फूल यतिबेला ढकमक्क भई फुलेका छन् । काठमाडौंको इचङ्गुनारायणमा देखिएको यो मौलिक नेपाली घर र घर वरिपरि फूलेका सयपत्री फूलको यो दृश्य निकै सुन्दर देखिन्छ  ।

तिहार सुरु हुन केही दिन मात्र बाँकी हुँदा व्यवसायीहरुको व्यस्तता बढेको छ । बारीका फूल टिपेर माला गाँस्ने र बजार पुर्याउने काम गर्न उनीहरुलाई भ्याइनभ्याई छ ।

यस वर्ष कोरोना संक्रमणको कारण खासै रौनक नभएको र मलमासको कारण चाडबाड पछि परेकाले व्यवसायीहरुलाई अघिल्ला वर्षहरुमा जस्तो चटारो भने छैन । बिगतमा धान भित्राउने बेला र तिहारको दिन सँगसँगै जस्तो पर्ने हुँदा किसानहरुलाई चटारो हुन्थ्यो । तर यस वर्ष तिहार अलि पछि परेकाले धान भित्राइसकेर तिहारको तयारी गर्न उनीहरुलाई अलि सहज भएको छ ।

तिहारमा सबैभन्दा धेरै खपत हुने फूल सयपत्री र मखमली हो । गुर्धौली फूलको पनि माग हुने गरेको छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top