सुनको भाउ बढ्यो, प्रतितोला ९४ हजार ९ सय 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २६, बुधबार,११:१५:AM  
सुनको भाउ बढ्यो, प्रतितोला ९४ हजार ९ सय 

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला ९४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।  मंगलबार सुनको मूल्यमा एकैदिन प्रतितोला ३ हजार ४ सयले गिरावट गएको थियो । यस्तै तेजावी सुन प्रतितोला ९४ हजरा ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।  

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top