विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट ,पर्यटन मन्त्री भट्टराई

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर २, मङ्गलबार,०६:५३:PM  
विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट ,पर्यटन मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् ।

सोमबार त्रिभुवन विमानस्थल भित्र निर्मित सुरक्षा गार्ड भवनको समुउद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउनुका लागि गृह,अर्थ रक्षा र पर्यटन मन्त्रालय बीच छलफल चलिरहेको  जानकारी दिए ।

 हाल मूलुकमा ५५ वटा विमानस्थल रहेकाले केही समय भित्रै पोखरा र भैरहवा विमानस्थल अन्तराष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आउने भएकाले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल चलाईएको उनले बताए ।

एक मात्र अन्तराष्ट्रिय विमानस्थल भएका कारण काठमाडौँ विमानस्थलमा अत्याधिक चाप हुने गरेकाले सबै मानिसहरु सफा नियतले मात्रै आउँछन् भन्ने नभएको बताउदै लागू औषधको ओसारपसार, अन्तराष्ट्रिय आपरिक संगठनमा आवद्ध व्यक्तिहरुको ओहोरदोहोर जस्ता विषय उठ्ने गरेकाले यस्ता कामहरु हुन नदिन विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने मन्त्री भट्टराईको भनाई छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकरणका महानिर्देशक राजन पोखरलले लकडाउनको समयमा पनि टिआइएमा दुईवटा वाईडबढी जहाज अटने पाकिङ,टयाक्सी पाकिङ,रनवे विस्तार लगायतका काम गरेको जानकारी गराउदै टिआइएको गुरु योजना पूनरावलोकन भईरहेको
बताए ।

अहिले नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षाको काम हेरिरहेको छ भने नेपाली सेनाले बाहिरी घेराको सुरक्षाको काम गर्दै आएको छ ।
 तीन सय ५० जनाको क्षमता भएको तीन तले भवन   ७ करोड १५ लाख १७ हजार ६०५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top