इन्टरनेट गभर्नेन्स फोरमको म्याग सदस्यमा खनाल पुनः नियुक्त

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ३, बुधबार,१२:३३:PM  
इन्टरनेट गभर्नेन्स फोरमको म्याग सदस्यमा खनाल पुनः नियुक्त

इन्टरनेट गभर्नेन्स फोरम (आईजीएफ)को मल्टी(स्टेकहोल्डर एडभाइजरी ग्रुप (म्याग)मा नेपालको तर्फबाट आनन्दराज खनाल पुनः सदस्यामा नियुक्त भएका छन् । खनाल नेपालको तर्फबाट यसअघि नै दुई कार्यकाल सदस्यको रुपमा नियुक्त भइसकेका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशकसमेत रहेको खनाललाई संयुक्त राष्ट्र संघ महासचिवको तर्फबाट २०२१ का लागि म्याग सदस्य चयन गरिएको हो ।

म्यागको प्रमुखमा दक्षिण अफ्रिकाका एस्टरहाइजिन एनरियट पुनः नियुक्त भएका छन् । यसपटक म्यागमा १५ नयाँ सदस्य सहित कुल ४० सदस्य रहेका छन् ।

आईजीएफ संयुक्त राष्ट्र संघ अन्तर्गतको इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित सार्वजनिक नीतिका विषयमा छलफल गर्ने फोरम हो ।  जहाँ इन्टरनेटको क्षेत्रमा काम गर्ने विभिन्न देशका सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज र प्राविधिक समुदायबाट सदस्य नियुक्त गरिन्छ ।


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top