एप्पलले घटायो एप विकासकर्ताबाट लिने कमिसन शुल्क

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ३, बुधबार,०९:०३:PM  
एप्पलले घटायो एप विकासकर्ताबाट लिने कमिसन शुल्क

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले आफ्नो एपमा विक्री हुने एप र भर्चुअल गुड्जको  विक्रीमा ती एप र गुड्ज विकासकर्ताबाट लिने शूल्क आधा घटाउँदैछ । 

जनवरीदेखि लागू हुने गरी कम्पनीले सन् २०२० मा एप्पलको एप स्टोरबाट १० लाख डलर वा सोभन्दा कम कमाउने विद्यमान एप निर्माताहरुबाट १५ प्रतिशत मात्रै शुल्क लिनेछ । यस अघि कम्पनीले उनीहरुबाट ३० प्रतिशत शुल्क लिँदै आएको थियो । यो योजना नयाँ विकासकर्ताका लागि पनि लागू हुने बताइएको छ ।

 एप्पलले लिने शूल्कको विकासकर्ताहरुले व्यापक विरोध गर्दै आएका थिए । कम्पनीमाथि प्रतिस्पर्धा विरोधी कानुन मिचेको विषयमा छानबिन बढिरहेकै बेलामा यस्तो निर्णय भएको हो । 
अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनले भने उसको प्राइम भिडियो एपभित्र १५ प्रतिशत विशेष इन–एप शुल्क लिने भएको छ ।

करीब २ करोड ८० लाख विकासकर्ताहरुले एप्पलको एपस्टोरको प्रयोग गर्छन् । पछिल्लो योजनाबाट कति विकासकर्ता लाभान्वित हुन्छन् भन्नेबारे कम्पनीले केही पनि खुलाएको छैन । एजेन्सी

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top