माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड अर्को साता, ४ लाख ९१ हजारले सेयर नपाउने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ५, शुक्रबार,०५:२३:PM  
माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड अर्को साता, ४ लाख ९१ हजारले सेयर नपाउने 

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आगामी साता बाँडफाँड हुने भएको छ । अर्को साता आईपीओ बाँडफाँड गर्ने तयारी गरिएको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

माउन्टेनको आईपीओमा माग भन्दा बढी आवेदन परेकापछि सेयर पाउन गाह्रो देखिएको छ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुने भएको छ । माउन्टेनको आईपीओमा ७.६१ गुणा बढी माग परेको बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्टले जनाएको छ ।

नबिलका अनुसार आईपीओमा कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बरारको आवेदन परेको छ । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्ता थियो । आवेदन दिएका ४ लाख ९० हजार ९७३ आइपीओ पाउनबाट वञ्चित 

कम्पनीको आईपीओमा १ लाख ८३ हजार २६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । यसआधारम ४ लाख ९० हजार ९७३ जनाले सेयर नपाउने भएका छन् । कम्पनीले कात्तिक २६ गतेबाट मंसिर ३ गतेसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको थियो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top