काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा साैरभ ज्योति एसोसिएटतर्फबाट उपाध्यक्षमा उठ्दै छन् । महासंघका विभिन्न पदमा बसेर कुसलतापूर्णक जिम्मेवारी पूरा गरेका ज्योति यस पटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
कुशल व्यवस्थापन, व्यवसायीका समस्यालाई सहजै पहिचान गर्न सक्ने र सरकारसँग व्यवसायीका समस्यालाई दरिलो रुपमा प्रस्तुत गर्न सक्ने क्षमता ज्योतिमा छ ।
ज्योति आफू मात्रै दक्ष होइनन्, उनले बनाएको १७ जना सदस्य अनुभवी र व्यावसायिक क्षेत्रमा अब्बल छन् । सौरभसँग देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिको जमात छ, जसले देशको अर्थतन्त्र नै लिड गरिरहेको छ । हजारौलाई रोजगारी र खर्बौ कर तिर्ने जमान शौरभको प्यानलबाट चुनावी मैदानमा उत्रिएको छ ।
अनुभवी, ३ कार्यकाल, २ कार्यकाल, १ कार्यकाल काम गरि सकेकादेखि नयाँ युवा नेतृत्वसम्म समेटेर सौरभ ज्योतिले एउटा सबल र सक्षम टिम बनाएको दाबी गरेका छन् । विभिन्न क्षेत्रको अनुभव भएका, विगतमा राम्रो योगदान गरेका र सामाजिक काममा पनि उत्तिकै योगदान गरेका यी व्यवसायीको समूह महासंघको आगामी कार्यकालमा आफ्नो भिजन अगाडि बढाउन सक्षम रहेको ज्योतिले बताएका छन् ।
आ–आफ्नो व्यवसायमा अव्वल रहेका र समाजमा राम्रो छवि कायम गरेका यि उद्यमी व्यवसायीको समूहले एसोसिएट सदस्यको एजेण्डा राम्ररी बुझेकाले र ठूलादेखि मझौला सबै व्यवसायीको प्रतिनिधित्व यो समूहमा भएको ज्योति समूहका सदस्यहरुले बताएका छन् ।
‘हामी सबैको अनुभवलाई महासंघ र व्यवसायीको हितमा काम गर्न प्रयोग गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो, हामी सबै नै उद्योग व्यवसाय गर्ने वातावरणलाई अझ सहज र सबल बनाउन आफ्नो समय र अनुभव दुवैको योगदान गर्न अगाडि सरेका हौं’ सदस्यका उम्मेदवार रन्जीतराज आचार्यले भने ।
विभिन्न उद्योग, सेवा, ट्रेडिङ, कन्सल्टिङ, आयात–निर्यात, ट्राभल, होटेल, निर्माण, हाइड्रोपावर, रियल स्टेटलगायत क्षेत्रमा राम्रो अनुभव भएका उम्मेदवारको समूह बनेकोले पनि हामी परिणाममुखी काम गर्न सक्ने सदस्यका अर्का उम्मेदवार प्रबलजङ्ग पाण्डेले बताए ।
ज्योति समूहतर्फका सदस्यका उम्मेदवार
शाहिल अग्रवाल : नेपालको पायोनियर व्यावसायिक घराना शंकर ग्रुपका प्रवन्ध निर्देशक हुन् । स्टिल, सिमेन्ट, खानी, उर्जा, एफएमसीजी, कृषि, टोबाको, स्प्रिट, अटोमोबाइल्स्, प्लास्टिक, टेक्सटाइल, हस्पिटालिटी, रियलस्टेटलगायत दर्जनभन्दा बढी व्यवसायलाई उनले सफलतापूर्णक अघि बढाएका छन् । महासंघमा एसोसिएट्तर्फबाट यस अघि पनि कार्यसमिति बसेर काम गरिसकेका व्यक्ति हुन् शाहिल ।
विजय सिंह वैद्य : शालिमार ग्रुप नेपालको एक सफल व्यावसायिक घराना हो । त्यही घरानालाई सफल बनाउने व्यक्ति हुन् वैद्य । शालिमार सिमेन्ट, शालिमार स्टिल, शालिमार पूmड तथा हस्पिटालिटी र शालिमार होम्स् प्रालिको सफल नेतृत्व गरेका वैद्य महासंघमा पनि दुई कार्यकाल सदस्यको रुपमा बसिसकेका छन् ।
ज्योत्सना श्रेष्ठ : मेरिगोल्ड ज्वेलर्स, एसजेएस इन्टरनेसनल प्रालि, होटल मेची क्राउन झापा, श्री सयपत्री ज्वेलर्स र गजुर ट्रेड इन्टरनेसनल प्रालिको सफल नेतृत्व गर्ने व्यक्ति हुन्, ज्योत्सना । उनले पनि महासंघमा दुई कार्यकाल बसेर काम गरिसकेकी छन् ।
रञ्जितराज आचार्य :व्यावसायिक क्षेत्रमा सफल र सामाजिक कार्यमा अग्रसर भएका व्यक्ति हुन् आचार्य । उनले प्रिज्मा एड्भजाईजिङ, निलबाराही फिल्म्स प्रालि, स्पार्क टेक्नोलोजीलगायतका संंस्थालाई सफलतापूवक अघि बढाएका छन् । त्यसैगरी आचार्यले महासंघभित्र बसेर पनि उनले नीतिगत र कार्यान्वयन तहमा बसेर काम गरेका छन् ।
अशोककुमार टेमानी : उद्योग वाणिज्य क्षेत्रमा टेवानीका नाम अग्रस्थानमा आउँछ । महासंघभित्र बसेर नीति निर्माण तहमा धेरै राम्रो काम गर्ने व्यक्तिमा पर्छ टेवानी । साथै उनी व्यावसायिक रुपमा पनि सफल व्यक्ति हुन् । उनले यासा ग्रुप अफ कम्पनिज्, यासा केमिकल उद्योग, ए एण्ड ए रियल स्टेट डेभलपर्स उनको संग्लनता छ ।
कृष्णप्रसाद दुलाल : पूर्वाञ्चल ल्युब आयल, मेगा लुब्रिकेन्ट, दुलाल ब्रदर्स, सत्कार मेसिनरी, कलश अटो प्रालि, नेपालिरिका होटल प्रालिमा आवद्ध छन् दुलाल । त्यसैगरी नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनमा अध्यक्ष समेत रहेको दुलालले यो क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेका छन् ।
आनन्द बगरिया: कृषिक्षेत्रलाई व्यावसायिक रुपमा अघि बढाउने व्यक्ति हुन् बगरिया । उनले निम्बस ग्रुपलाई सफलतापूवक देशभर आफ्नो सञ्जाल विस्तार गरिरहेका छन् । महासंघमा बसेर कृषि क्षेत्रको व्यावसायिककरण, त्यसअनुरुप नीति बनाउनका लागि लबिङ व्यक्तिमा पर्छन् बगरिया । निम्बस ग्रुपअन्तर्गत दर्जनौ कम्पनी छन् । त्यही कम्पनीलाई सफलता पूवक अघि बढाइरहेका छन बगरियाले ।
राजेशकुमार अग्रवाल : उद्योगीलाई हेर्ने सोचमा परिवर्तन आयो भने औद्योगिक विकास हुन्छ र औद्योगिक विकासबाट मात्रै देशको विकास सम्भव भन्ने मान्यताबाट अघि बढेका उद्योगी हुन अग्रवाल । त्यसैअनुरुप अहोरात्र खटिरहेका हुन्छन् । दर्जनभन्दा बढी उद्योगमा आवद्ध भएका अग्रवाल व्यवसायीको हक हितमा लड्दै आएका छन् । नीतिगत अप्ठयारा, राज्यको व्यवहारलाई लिएर जहिले पनि उनी खरो रुपमा उत्रिन्छन् ।
सिद्धार्थ ग्रुप, अर्घाखाँची सिमेन्ट, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ आयल उद्योग, सिद्धार्थ मिनरल, श्री स्टिल, एक्सन पोलिमार, एसिएन कंक्रिटोलगायत कम्पनीमा उनको सग्लनता छ ।
मङ्गेशलाल श्रेष्ठ : युवा उद्यमी हुन् मङ्गेश । कास ग्रुप अफ कम्पनीका निर्देशक श्रेष्ठ बैंक तथा वित्तीय संस्था, आइसीटी, डेटा सेन्टर, क्लाउड टेक्नोलोजी, फिनटेक, हेल्थकेयर, इन्टरनेसनल बिजनेसलगायतमा आवद्ध छन् ।
प्रवलजङ्ग पाण्डे : नेपालको पायोनियर व्यावसायिक घराना लोमस ग्रुपका निर्देशक हुन् पाण्डे । औषधि, सिमेन्ट, हाइड्रोपावर, बैंक तथा वित्तीय संस्था, हेल्थकेयर, अटोमोबाइल्स्, एभिएसनलगायतका क्षेत्रमा पाण्डेको संग्लनता छ । त्यसबाहेक महासंघको कार्यकारीणी सदस्यको रुपमा पनि पाण्डेले काम गरिसकेका छन् । व्यवसायीमैत्री वातावरण बनाउन र व्यवसायीको समस्यालाई सरकारसमक्ष लैजान पाण्डेको योगदान रहेको छ ।
सुनिल नारायण श्रेष्ठ : नारायणी इन्डष्ट्रियल एंड ट्रेडिङ हाउस, उत्पादनमुलक, पेट्रोलियम प्रडक्ट, होटल, बैंक तथा इन्स्योरेन्समा श्रेष्ठ आवद्ध छन् । त्यसबाहेक उनले महासंघको बैंकिङ समितिमा बसेर काम गरिसकेका छन् ।
हेमन्त गोल्छा : गोल्छा अर्गनाइजेसन, रेमिट्यान्स, रियल इस्टेट, अटोमोबाइल र कन्ष्ट्रक्सन इक्वीपमेन्टमा आवद्ध छन् ।
शक्ति कुमार बेगानी : बेगानी ग्रुप, खाद्या उद्योग, स्टिल, प्लास्टिक, रियल स्टेट, वित्तीय क्षेत्र उनको संग्लनता छ । त्यसैगरी गणपति ज्वेलर्सको प्रमुख कार्यकारी पनि हुन् ।
उदीप श्रेष्ठ :नेपालको प्रतिष्ठित व्यावसायिक घराना पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशन हुन् श्रेष्ठ । युवा उद्यमी मञ्चको उपाध्यक्षको रुपमा रहेर काम गरेका श्रेष्ठ स्टिल, उर्जा, कृषि, अटोमोबाइल्स्, रियल स्टेटलगायतमा क्षेत्रमा आवद्धता छ ।
शैलेन्द्र गुरागाईं : जलविद्युत्को विकास प्रवद्र्धनमा अहोरात्र लागिरहने व्यक्ति हुन् गुरागाई । एनगडी ग्रुप, सुपर एनगडी हाइड्रोमा उनको संग्लनता छ ।
मदनलाल जोशी : फर्निचर ल्यान्ड स्टोर, गोदावरी फोरेस्ट होटेलमा आवद्ध छन् । त्यसैगरी बैंक तथा वित्तीय क्षेत्रमा पनि उनको संग्लनता छ ।