नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका सदस्यको मत परिणम आएको छ । १०१ मत झरेकोमा सबैभन्दा बढी नरेशलाल श्रेष्ठले ७२ भोट ल्याएका छन् । १०१ मत मध्ये २ मत बदर भएको छ ।
अर्निको राजभण्डारीले ६४, प्रकाशमान सिंह कार्कीले ५७, भक्तबहादुर हमालले ६२, मिनमान श्रेष्ठले ६७, मनिषलाल प्रधानले ६०, सुमित केडियाले ६६, आकाश अधिकारीले ४९, शकुन्तलाल हिराचनले ५५, गोविन्द ढुङ्गेलले ५० विष्णु गैरेले ५१ सन्दीप अग्रवालले ५१, सुबोध गुप्ताले ५० र हेमराज ढकालले ५३ मत ल्याएर बिजयी भएका छन् ।
अन्जन श्रेष्ठ प्यानलबाट मिनमान श्रेष्ठ, अर्निकाे राजभण्डारी, मनिषलाल प्रधान, शकुन्तलाल हिराचन, विष्णु प्रसाद गैरे, सन्दीप अग्रवाल, गाेविन्द ढुङ्गेल जितेका हुन् ।
उमेशलाल श्रेष्ठतर्फबाट नरेशलाल श्रेष्ठ, सुमित केडिया, हेमराज ढकाल, अाकाश अधिकारी, सुबाेधकुमार गुप्ता, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल जितेका छन् । सात जना अन्जन श्रेष्ठ प्यानलबाट विजयी भएका छन् भने ७ जना उमेश प्यानलबाट विजयी भएका छन् ।