गुरु अधिकारी जसले यसरी खडा गर्दै छन्, हिमपाइपको साम्राज्य

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७७ मङ्सिर २९, साेमबार,०२:४३:PM  
गुरु अधिकारी जसले यसरी खडा गर्दै छन्, हिमपाइपको साम्राज्य

विकास र पूर्वाधारमा आवश्यक पर्ने हिमपाइप व्यवसायमा चितवनका गुरु अधिकारीले एक दशकमै नयाँ उचाइ छोएका छन् । मुख्यत सडक निर्माणका लागि आवश्यक पर्ने हिमपाइप निर्माणका लागि अधिकारीले आफ्नो व्यवसाय र उद्योगलाई देशभर फैलाउँदै लगेका छन् । 

कलिलै उमेरबाट निर्माण क्षेत्रमा लागेका अधिकारीलाई त्यहीसम्बन्धी आवश्यक वस्तुको उत्पादन गर्ने जोश पलायो । बुबा र दाजु निर्माण व्यवसायी भएकै कारण उनले पनि २०/२१ को उमेरदेखि नै निर्माणको काम गर्न थाले ।

त्योसँगै धनगढीमा काठको व्यापारमा समेत हात हालेका थिए । व्यावसायिक पृष्ठभूमिमा हुर्किएकै कारण उनको इच्छा पनि निर्माण क्षेत्रनै थियो ।
घरको माहोल नै निर्माण व्यवसायी भएकाले उनलाई त्यस प्रतिइच्छा जाग्नु नौलो थिएन ।

तर, उनी त्यही भित्र नयाँ काम गर्ने सोचका साथ अघि बढिरहेका थिए ।  दाजुले निर्माण क्षेत्रमा प्रयोग गर्दै आएका सामग्रीहरू उत्पादन गर्ने जोशका साथ अघि बढेका अधिकारीले हिमपाइप उद्योगमा ध्यान गयो ।

No description available.

भर्खर–भर्खरै विकास निर्माणको कामले तीव्रता पाएकाले २०५२ सालमा हिमपाइपको माग राम्रो थियो । त्यही भएर उनले हिमपाइप उद्योगलाई अगाडि बढाउने निर्णय गरेर १ करोड ३० लाख रुपैयाँमा चितवनको रत्ननगरमा पहिलो उद्योग खोले । गृहजिल्ला भएकाले पनि आफ्नै ठाउँमा व्यवसाय गर्ने सोचका साथ स्थापना गरेको हिमपाइपले छोटो समयमै राम्रो व्यापार गर्न सफल भयो ।

जीएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनीमार्फत उनले आफ्नो व्यवसायलाई रफ्तारमा लगिरहेका छन् । पहिलो उद्योगबाट राम्रो सफलता मिलेपछि उनी थप हौसियर नयाँ ठाउँमा लगानी गर्ने सोचका साथ अघि बढे ।

त्यही बेला उनको ध्यान राजधानी काठमाडौंमा पर्याे । केही साथीहरूको सहयोगमा काठमाडौंमा उद्योग खोले । त्यतिले मात्र उनको इच्छा मरेन । त्यसपछि पोखरा र सुर्खेतमा समेत उनले व्यवसायलाई विस्तार गर्दै लगे । 

नयाँ–नयाँ ठाउँमा उद्योग खोल्ने क्रममा त्यहीका व्यवसायीहरूलाई समेत साथमा लिएर उनले काम गर्ने गरेका छन् । यसले गर्दा एकातर्फ त्यहाँका व्यवसायीहरूलाई राम्रो हुने र बजार पाउनसमेत सहज हुने उनको ठहर छ ।

एक्लैले काम गर्नुभन्दा धेरै जनासँग सहकार्य गरेर काम गर्दा छोटो समयमा सफलता मिल्ने भएकाले पनि सहकार्य गरेर अघि बढ्ने गरेको उनको भनाइ छ । योसँगै स्थानीय स्तरमा उत्पादन भएका पाइपहरूलाई सकेसम्म त्यही आसपासमा प्रयोग गर्दै आएका छन् ।

हिमपाइप उद्योगमा हालसम्म ७ करोडभन्दा बढी लगानी गरिसकेका छन् । पाइपका लागि आवश्यक कच्चा पदार्थ खरिददेखि उद्योग स्थापनाका लागि लगानी गरिएको उनले बताए । पाइप निर्माणका लागि उपकरण, आवश्यक कच्चापदार्थहरू, ढुवानीका लागि गाडीहरूसमेत आवश्यक पर्छ । पाइप बनाउन सिमेन्ट, रड र बालुवा प्रयोग गरिन्छ । 

No description available.

वार्षिक ८ देखि १० करोडसम्मको बिक्री

उद्योगले वार्षिक ८ देखि १० करोड रुपैयाँसम्म आम्दानी गर्दै आएको अधिकारी बताउँछन् । पाइपका लागि आवश्यक कच्चा पदार्थ धेरै प्रयोग गर्नुपर्ने र तयार पार्न लामो समय हुने भएकाले नाफा कम हुने गरेको सञ्चालक अधिकारीको भनाइ छ । उनको उद्योगमा १ सय २५ जनाभन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् स्वदेशमै उत्पादन भएको कच्चा पदार्थहरू प्रयोग गरिएको छ ।

बजार खुम्चिँदै

अधिकारीले हिमपाइपको उद्योग खोल्दा सीमित मात्र थियो । अहिले काठमाडौं उपत्यकामा मात्र ३२ वटा छन् । काठमाडौंमा तीव्र प्रतिस्पर्धा भएकै कारण नयाँ–नयाँ ठाउँको खोजीमा लाग्ने गरेका अधिकारीले सुर्खेतकै पहिलो उद्योग खोलेका थिए ।

तर, अहिले ४ वटा नयाँ उद्योग खुलिसकेको छ । ‘बजारमा प्रतिस्पर्धा हुनु राम्रो हो,’ सञ्चालक अधिकारी भन्छन्, तर सानो बजार हुँदा व्यवसायमा केही समस्या भने हुन्छ,’ सानो बजारमा एकै किसिमका उद्योगहरू आउँदा व्यवसाय नै खुम्चिँदै गएको उनको भनाइ छ । प्रतिस्पर्धा गर्नेहरू धेरै हुँदा सोचेजस्तो मूल्यसमेत पाउन छोडेको बताउँछन् ।

बागलुङ र सल्यानमा पनि खुल्दै

नयाँ ठाउँमा अवसरको खोजी गर्दै हिँड्ने अधिकारीले अहिले सल्यान र बागलुङमा हिमपाइपको नयाँ उद्योगका लागि तयारी गरिरहेका छन् । कोभिड–१९ को कारण ती दुई जिल्लामा उद्योग सञ्चालनका लागि ढिलाइ भएको सञ्चालक अधिकारीको भनाइ छ ।

जहाँ विकास निर्माणको गति तीव्र भइरहेको हुन्न्छ, त्यहाँ पाइपको माग उच्च हुने भएकाले त्यस्ता ठाउँहरूमा उद्योग लगाउने गरेको उनले बताए । टाढाबाट पाइप ढुवानी गर्नुभन्दा स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्य आफ्नो रहेको उनको भनाइ छ ।

No description available.

निर्माण क्षेत्रमा पनि सक्रिय

निर्माण क्षेत्रलाई पनि उनले साथमै लिएर अगाडि बढिरहेका छन् । जीएस इन्जिनियरिङ निर्माण कम्पनीमार्फत विशेष गरेर निजी क्षेत्रको कामहरू गर्दै आएको छ ।

मलेखुमा ब्रिक उद्योग

धादिङको मलेखुमा दुई वर्ष अघिबाट एईसी लाइट ब्रिकसमेत उनको लगानीमा उत्पादन भएर बिक्री गरिरहेको छ । घर तथा कार्यालय निर्माणका लागि अति उपयोगी हुने ब्रिक उत्पादन गरी बिक्री सुरु भएको उनले बताए । भूकम्पपछि सस्तो र सुलभदरमा घर निर्माणमा सहयोग गर्ने उद्देश्यले ब्रिक उत्पादन गरिरहेको जनाएको छ ।

कालिञ्चोक केबलकारमा पनि लगानी

पाइप र निर्माण क्षेत्रमा काम गर्दागर्दै उनले अहिले हस्पिटालिटी क्षेत्रमा समेत हात हालेका छन् । दोलखाको कालिञ्चोकमा सञ्चालनमा रहेको कालिञ्चोक केवल कारमा उनको लगानी छ । धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोकमा राम्रो सम्भावना देखिएकाले लगानी बढाएको उनको भनाइ छ । 

उनले त्योसँगै काठमाडौंका ज्ञानेश्वरमा रहेको एटिक क्याफेमा समेत लगानी रहेको छ । ‘केही वर्ष अघि होटलमा पनि लगानी गरेको थिए, अहिले त्यो छोडेर क्याफेमा मात्र छ,’ अधिकारीले भने ।


 

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top