रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारी खुल्याे 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस १२, आइतबार ,०४:०३:PM  
रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारी खुल्याे 

काठमाडौं । रिलायन्स लाइफ इन्स्याेरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले सेवा विस्तारको क्रममा विभिन्न पदहरुमा दरखास्त आवेदन गरेको हो ।

कम्पनीले बजार प्रतिनिधि, क्षेत्रीय प्रबन्धक र शाखा प्रमुख पदका लागि कर्मचारी मागेको हो । इलाम, दमक, चाबहिल, पोखरा र भैरहवा शाखामा बजार प्रतिनिध आवश्यक परेको कम्पनीले जानकारी दिएको छ ।

पाटन, चरिकोट र दमौली शाखामा शाखा प्रमुख मागिएको छ । त्यस्तै साँखु र फर्पिङको उपशाखाका लागि पनि शाखा प्रमुख मागेको हो । काठमाडौं क्षेत्रीय कार्यालय र पोखरा क्षेत्रीय कार्यालयमा क्षेत्रीय प्रबन्धक मागिएको कम्पनीले जानकारी दिएको छ ।

सात दिनभित्र जागिरका लागि आवेदन दिनुपर्ने उल्लेख छ । न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ । जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएकालाई प्राथमिकतामा राखेको छ ।

No description available.

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top