संकटमा बिकल्प खोज्न माहिर युवाहरु, जसले अभावलाई अवसरमा बदले

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७७ पुस १८, शनिबार,०८:४५:AM  
संकटमा बिकल्प खोज्न माहिर युवाहरु, जसले अभावलाई अवसरमा बदले

चैतको पहिलो हप्तासम्म सुदर्शन नेपालले वर्षांैदेखि गरिरहेको ट्राभल व्यवसाय ठीकै चल्दै थियो । ठमेलमा विगत ७ वर्षदेखि बिग माउन्टेन ट्राभल सञ्चालन गर्दै आएका नेपालले कोभिडका कारण पर्यटकहरू नेपाल आउन रोकिएपछि नयाँ व्यवसाय फर्निचर र डेकोरको काम सुरु गरे । अहिले उनको मुख्य व्यवसाय यही भएको छ । 

भनिन्छ, सुखमा नमातिने र दुःखमा नआतिने मानिसहरू सधैं सफल हुन्छन् । जो, संकटसँग जुध्न सक्छ त्यसले अवश्य पनि सफलता हात पारेकै हुन्छ । संकटमै नयाँ व्यवसाय थालेका नेपाल अहिले यसैको सफलतामा रमाएका छन् । 

ठूला व्यावसायिक घराना र प्रतिष्ठानहरूको व्यवसायमा थुप्रै लगानी र विकल्प भएका कारण नयाँ व्यवसायमा हात हाल्न समस्या नहुने भए पनि साना र मझौला व्यवसायीहरूलाई भने पुँजी व्यवस्थापनका लागि समस्या हुन्छ । तर, पनि यही समस्या र संकटमा धेरैले व्यवसाय सिफ्ट गरे । 

नेपालमा विभिन्न समयमा विभिन्न किसिमका संकटहरू आइपरेका छन् । पछिल्लो समय आएको ठूला संकटहरूमध्ये २०७२ सालको भूकम्प, त्यसपछिको नाकाबन्दी र अहिले कोरोना भाइरसको महामारीनै हो ।

भूकम्प, नाकाबन्दीलेभन्दा बढी समस्या अहिलेको कोरोना महामारी नै हो । त्यो बेला निश्चित ठाउँ र निश्चित व्यक्तिहरू त्यहाँबाट प्रभावित भएका थिए भने अहिले पूरै विश्वदेखि सिंगो नेपालनै त्यसबाट प्रभावित भएको छ । 

भाइरसको नियन्त्रण नहुँदा विश्वको अर्थतन्त्रनै धरासायी बनेको छ । भाइरस नियन्त्रणका लागि कुनै भ्याक्सिनहरू तयार नहुँदा लामो संक्रमणबाट जोगिन अधिकांश मुलुकले लकडाउन(बन्दाबन्दी) गर्नुपर्यो ।

जुन, अहिले पनि विभिन्न मुलुकमा यथावत छ । नेपालमा पनि ६ महिना पूर्णरुपमा लकडाउन गरियो भने अहिले केही समयदेखि निश्चित व्यवसाय बाहेक अरु खुला गरिएको छ । तैपनि जनजीवन भने पूर्णरुपमा सामान्य हुन सकेको छैन ।

कोभिडका कारण विशेष गरेर पर्यटन क्षेत्र ठप्प छ । नेपालले विदेशी पर्यटकहरूका लागि नेपाल आउन खुला गरे पनि अहिले नै घुम्नका लागि आइहाल्ने अवस्था भने छैन । युरोपलगायत केही मुलुकले त २०२० भरी आफ्ना नागरिकहरूलाई नेपाल घुम्न नजान सुझाव नै दिएको छ ।

लामो समयको लकडाउनका कारण अधिकांश उद्योग व्यवसायहरू धरासायी बनेका छन् । पर्यटन क्षेत्रसँग आश्रित धेरै व्यवसायहरूमा लामो समयदेखि ताला लागेको छ भने त्योसँग सम्बन्धित धेरै श्रमिकहरूले रोजगारीसमेत गुमाएका छन् । ठमेलमा मात्र ४ सय बढी पर्यटन व्यवसायीहरू विस्थापित भएको ठमेल पर्यटन परिषद्ले जनाएको छ । 

नेपालमा सबैभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउने कम्पनीको रुपमा परिचित बिग माउण्टेन ट्राभलका सञ्चालक नेपालले संकटमा हार नखाई नयाँ कामको सुरुवात गरेका हुन् ।  उनको कम्पनीले वार्षिक ४ देखि ५ हजारसम्म चिनियाँ पर्यटकहरू नेपाल ल्याउने गरेको तथ्यांक छ ।

अहिलेकै अवस्थामा तत्काल पर्यटकहरू नेपालमा आउन सक्ने अवस्था नदेखेपछि त्यसको वैकल्पिक व्यवसायको रुपमा डेकोरको काम सुरु गरिएको उनको भनाइ छ । करिब १ करोड रुपैयाँ लगानी गरेर चीनमा निर्मित आउट डोर र इन्डोरका सामानहरू बिक्रीका लागि राखिएको उनले बताए ।

‘कोभिडले पर्यटन क्षेत्र तहसनहस बनायो, तर हामी आत्तिएका छैनौं, सञ्चालक नेपालले भने अभावलाई अवसरको रुपमा बदल्ने अठोटका साथ दुई महिनादेखि डेकोर व्यवसाय सञ्चालनमा ल्याएका छौं ।’ जहाँ बढी फाइदा हुन्छ त्यो मात्र काम गर्ने बानीको कारण यस्तो बेलामा धेरैले दुःख पाएको उनको ठम्याई छ ।

फरक–फरक व्यवसायमा लगानी गर्न सके कुनै न कुनै बेला राम्रो आम्दानी गर्न सकिन्छ भन्ने पाठ आफूले सिकेको उनी बताउँछन् । डेकोरका लागि आवश्यक सामग्रीहरूको उद्योगसमेत खोल्ने उनको तयारी छ । अहिले ठमेलमा डेकोरको सोरुम ठमेलको लेखनाथ मार्गमा सञ्चालनमा छ ।

No description available.

कोभिडका कारण गन्तव्य मुलुकले रोजगारीका लागि कामदारहरू नलिइरहेको अवस्थामा म्यानपावर व्यवसाय पूर्णरुपमा बन्द भएको बेला तामाङले भने नयाँ व्यवसाय सुरुवात गरेका हुन् । तामाङले महाराजगन्जको प्रहरी चौकी नजिकै थ्रीएस फार्मेसी कोरोना कहरकै बीचमा सञ्चालनमा ल्याएका हुन् । मिनीमार्केटको झल्को दिने सो फार्मेसीमा आवश्यक औषधिसहित व्यक्तिगत सरसफाइका सामानहरूसमेत राखेका छन् । 

उनी मात्र होइन, उनी जस्तै धेरै युवाहरूले अहिलेको यो संकटबाट जुध्न आफ्नो व्यवसायलाई नयाँरुप दिनेहरू धेरै छन् । ती मध्येका अर्का व्यवसायी हुन बलबहादुर तामाङ । स्काई ओभरसिज म्यानपावर सञ्चालन गर्दै आएका तामाङ पछिल्लो समय फार्मेसी व्यवसायमा हात हालेका छन् । कोभिडका कारण गन्तव्य मुलुकले रोजगारीका लागि कामदारहरू नलिइरहेको अवस्थामा म्यानपावर व्यवसाय पूर्णरुपमा बन्द भएको बेला तामाङले भने नयाँ व्यवसाय सुरुवात गरेका हुन् ।

तामाङले महाराजगन्जको प्रहरी चौकी नजिकै थ्रीएस फार्मेसी कोरोना कहरकै बीचमा सञ्चालनमा ल्याएका हुन् । मिनीमार्केटको झल्को दिने सो फार्मेसीमा आवश्यक औषधिसहित व्यक्तिगत सरसफाइका सामानहरूसमेत राखेका छन् । 

कोरोना भाइरसको संक्रमण रहँदाभन्दा पछि आउने अवस्थाले बढी चिन्तित हुनुपर्ने अवस्था आएको छ । त्यही भएर वैकल्पिक व्यवसायको रुपमा फार्मेसी व्यवसायलाई अँगालेको उनले बताए । औषधिमा निश्चित मूल्य तोकेको हुनाले बिक्री वितरणमा सहज भएको बताउँदै म्यानपावर व्यवसायमा कुनै निश्चित रकम व्यावहारिक रुपमा नतोक्दा समस्या भएको उनको तर्क छ ।

म्यानपावर व्यवसायमा तीव्र प्रतिस्पर्धा रहेको र सेवा शुल्क व्यावहारिक रुपमा नतोक्दा पारदर्शी हुन नसकेको र फार्मेसीमा पारदर्शी रुपमा काम गर्न पाएकाले आफू बढी सन्तुष्ट रहेको उनी बताउँछन् ।

पूर्णरुपमा वैदेशिक रोजगार नखुलिरहेको बेला उनले करिब एक करोड ५० लाख रुपैयाँ लगानी गरेर फार्मेसी सञ्चालन गरेका छन् । फार्मेसीलाई उनले काठमाडौं उपत्यका भित्रमात्र १० वटा स्टोरहरू सञ्चालन गर्ने सोच बनाएका छन् भने उपत्यका बाहिर फ्रेन्चचाइजको रुपमा दिने तयारी गरेका छन् ।

कोभिडका कारण सेवा क्षेत्रमा नराम्रोसँग असर ग¥यो । लामो समयसम्म गरिएको लकडाउनका कारण आफूले गर्दै आएको व्यवसायमा नराम्रोसँग धक्का दिएपछि धेरैको व्यवसायको भविष्य अन्योल परिरहेको बेला बागलुङ नगरपालिका–२ का सुवास श्रेष्ठले लकडाउनलाई नै अवसरमा बदले र सुरु गरे बागलुङ बजारमै सबैभन्दा ठूलो मार्ट ।

बागलुङ र पोखरामा ब्राउन आइज पार्टी प्यालेस सञ्चालन गरिरहेका श्रेष्ठले लकडाउनपछि नयाँ व्यवसायमा हात हालेका हुन् । पार्टी प्यालेससँगै बागलुङ र पोखरामा रेष्टुरेन्ट, बागलुङमा फिल्म हल, जिम हल र डान्स इन्स्टिच्युट सञ्चालन गरेका श्रेष्ठको लकडाउनका कारण सबै व्यवसाय बन्द भएका थिए । 

No description available.

कोभिडका कारण सेवा क्षेत्रमा नराम्रोसँग असर ग¥यो । लामो समयसम्म गरिएको लकडाउनका कारण आफूले गर्दै आएको व्यवसायमा नराम्रोसँग धक्का दिएपछि धेरैको व्यवसायको भविष्य अन्योल परिरहेको बेला बागलुङ नगरपालिका–२ का सुवास श्रेष्ठले लकडाउनलाई नै अवसरमा बदले र सुरु गरे बागलुङ बजारमै सबैभन्दा ठूलो मार्ट ।

विभिन्न व्यवसायमा १० करोड रुपैयाँभन्दा बढी लगानी गरेका उनको सबै व्यवसाय एकैपटक बन्द हुँदा उनी आत्तिएनन् । बरु नयाँ व्यवसायको सोचमा लागे । र, असार १५ देखि बागलुङमा झन्डै २ करोडमा सबैभन्दा ठूलो ब्राउन आइज मार्ट सञ्चालनमा ल्याए । 

‘सञ्चालनमा रहेका सबै व्यवसाय एकैपटक बन्द गर्नुपर्ने र सञ्चालन पनि कहिले हुने भन्ने थाहा नभएपछि नयाँ व्यवसाय गर्ने आइडिया जुर्यो,’ श्रेष्ठले भने । मार्टमा अहिले खाद्यान्नका सबै आइटम उपलब्ध छ । मार्टमा उपलब्ध सामान स्वदेशीदेखि अन्तर्राष्ट्रिय ब्रान्डहरूको रहेको छ ।

कोभिडले गर्दा अधिकांश मानिसहरू घरभित्रै थुनिए । व्यापार व्यवसायसमेत ठप्प रह्यो । लामो समयदेखि दोलखाको चरिकोटमा बोलेरो सञ्चालन गर्दै आएका रामहरि सुवेदी र कतारमा व्यवसाय गर्दै आएका अच्यूत सुवेदी अहिले भैंसीपालन गर्दै आइरहेका छन् । 

लकडाउनको कारण लामोसमयसम्म गाडी सञ्चालन हुन नसकेपछि वैकल्पिक व्यवसायको रुपमा भैंसीपालन पेसा रोजेका हुन् । अच्यूत सुवेदी बिदा मनाउन घरमा आएकै बेला लकडाउन भएपछि नेपालमै केही नयाँ काम गर्ने योजना बुनेर दुई भाइले असारबाटै भैंसी पाल्न सुरु गरेका हुन् ।
रामहरिले आफूसँग भएको गाडी बेचेर भैंसी खरिद गरेका हुन् भने केही रकम ऋण लिएका छन् । उनी अहिले चरिकोट बजारमा दूध बेच्न व्यस्त हुन्छन् ।सदरमुकाम चरिकोट नजिकै पर्ने मथानीमा करिब ३० लाख लगानीमा ७ वटा भैंसी पाल्दै आएका छन् ।

No description available.

लकडाउनको कारण लामोसमयसम्म गाडी सञ्चालन हुन नसकेपछि वैकल्पिक व्यवसायको रुपमा भैंसीपालन पेसा रोजेका हुन् । अच्यूत सुवेदी बिदा मनाउन घरमा आएकै बेला लकडाउन भएपछि नेपालमै केही नयाँ काम गर्ने योजना बुनेर दुई भाइले असारबाटै भैंसी पाल्न सुरु गरेका हुन् । रामहरिले आफूसँग भएको गाडी बेचेर भैंसी खरिद गरेका हुन् भने केही रकम ऋण लिएका छन् । उनी अहिले चरिकोट बजारमा दूध बेच्न व्यस्त हुन्छन् ।सदरमुकाम चरिकोट नजिकै पर्ने मथानीमा करिब ३० लाख लगानीमा ७ वटा भैंसी पाल्दै आएका छन् ।

गत असारबाट सुरु गरेको यो व्यवसायबाट मासिक डेढ लाख आम्दानी भइरहेको छ भने चार जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । उत्पादित दूध चरिकोटका होटल, कार्यालय र घरघरमा पुग्ने गरेको छ । हाल यो फर्मबाट दैनिक ५० लिटर दूध उत्पादन भइरहेको छ । सुरुवाती चरणमा ३० लाख लगानी भए तापनि बढाउँदै ६० लाख पुर्याएर २० भैंसी बनाउने र दैनिक १० भैंसीबाट दूध उत्पादन गर्ने लक्ष्य लिएको रामहरिको भनाइ छ ।

कोभिडको कारण अधिकांश व्यापार व्यवसायहरू बन्द भए पनि तरकारी, किराना पसल र औषधिजन्य पसलहरू भने राम्रोसँग फस्टाएको देखिन्छ । त्यही भएर लकडाउनका बेला धेरैले तरकारी र फलफूल व्यवसाय सुरु गरेका छन् ।

व्यवसायलाई नयाँ रुप दिने र व्यवस्थित बनाउने सोचका साथ लकडाउनकै बीचमा पर्यटन व्यवसायीहरूले काठमाडौं फ्रेस सञ्चालनमा ल्याएका छन् । उनीहरूले गैरीधारामा काठमाडौं फ्रेसले ताजा तरकारी र फलफूल ‘सर्भ’ गरिरहेको छ । 

कोरोना र त्यसपछिको लकडाउनले व्यापारमा मन्दी आएपछि धेरै अन्यौल भइरहेको समयमा पर्यटन क्षेत्रसँग आबद्ध पाँच जना युवाहरूले भने अहिलेको समयमा जुध्न नयाँ व्यवसायमा हात हालेका हुन् । पर्यटन व्यवसाय गर्दै आएका पाँच युवाहरूले बजारमा तत्कालै के–के गर्न सकिन्छ भनेर बुझेपछि दैनिक आवश्यक पर्ने तरकारीमा लगानी गरेका हुन् । 

काठमाडौं फ्रेसका सञ्चालक भीमसेन शर्माले लकडाउनका कारण घरभित्रै थुनिनुको पीडालाई भुल्दै नयाँ आशा, जोश र जाँगरका साथ काठमाडौंभित्रै गरिरहेको भन्दा फरक किसिमको काम गरिएको बताए । १५ लाख रुपैयाँबाट सुरु गरिएको काठमाडौं फ्रेसले अनलाइनमार्फत अर्डर लिने र घर–घरमा पु¥याउँदै आएको छ ।

‘लकडाउन भएसँगै व्यापार व्यवसाय सबै ठप्प भयो’, सञ्चालक शर्मा भन्छन्, ‘त्यसमा हामीले हार नखाएर नयाँ काम सुरु गरेका छौं ।’ काठमाडौं फ्रेसमा ताजा फलफूलहरू, अर्गानिक तरकारीहरू र जुम्लामा उत्पादन भएका चामल, दाल, सिमीलगायतका खाद्यान्नहरू पाइन्छ । फापरको पिठो, च्याँखला, कोदोको पिठोलगायत लोकल अचार, लोकल घ्यु, महलगायतका सामग्रीहरू पाइन्छ । हेर्दा सानो स्टोर देखिए पनि आवश्यक सबै तरकारी र फलफूलहरू एकै ठाउँमा पाइन्छ । 

No description available.

कोरोना र त्यसपछिको लकडाउनले व्यापारमा मन्दी आएपछि धेरै अन्यौल भइरहेको समयमा पर्यटन क्षेत्रसँग आबद्ध पाँच जना युवाहरूले भने अहिलेको समयमा जुध्न नयाँ व्यवसायमा हात हालेका हुन् । पर्यटन व्यवसाय गर्दै आएका पाँच युवाहरूले बजारमा तत्कालै के–के गर्न सकिन्छ भनेर बुझेपछि दैनिक आवश्यक पर्ने तरकारीमा लगानी गरेका हुन् । 

लकडाउनको बेला ई–कमर्समार्फत गरिने व्यवसायहरू सबैभन्दा बढी फस्टाएको देखिन्छ । जसले प्रविधिलाई प्रयोग गरेर आफ्नो व्यापार व्यवसायलाई विस्तार गर्न सक्यो उसले राम्रै फाइदा लिएको पाइन्छ । त्यस्तै फाइदा लिने व्यक्तिहरू मध्येका हुन्, ज्योति गैरे ।

अभावलाई अवसरमा ढाल्नलाई नयाँ जुक्ति र जोखिम मोल्न  सक्नुपर्छ । यही अभावलाई चुनौती दिँदै संकटमा जोखिम मोलेर अगाडि बढेर गैरे अहिले उद्यमी बनेकी छिन् । 

लकडाउनले अवस्था जटिल बनाएपछि जागिर छोडेर ई–कमर्स व्यापारमा लागेकी गैरे एक अटो कम्पनीमा कार्यरत थिइन् । लकडाउन र कोरोना महामारीकै बीचमा उनले हाब्रे सोलुसन प्रालि कम्पनीमार्फत मास्क, पन्जा र स्यानिटाइजरसँगै स्वास्थ्यका अन्य सामग्रीको अनलाइनमार्फत बिक्री गर्न थालिन् ।  

ज्योति भन्छिन्, ‘मास्क, पन्जा र स्यानिटाइजरको अभाव र कालोबजारी भइरहेको बेला अनलाइनमार्फत हामीले विस्तारै पु¥याउन थाल्यौं, आवश्यकता खाद्यान्न र तरकारीमा पनि थियो तर, स्वास्थ्यमा पनि ध्यान दिँदै माग बढ्न थालेपछि हामी यसमा मोडियौं ।’

दैनिक रुपमा चाहिने भएकै कारण ज्योतिले दि डेलिसप नामक फेसबुक पेज खोलेर चैत २२ गतेदेखि नै सामानको अर्डर लिने र सप्लाई गर्न सुरु गरिन् । उनले लकडाउनको बीचमा ८० लाखभन्दा बढीको अनलाइन कारोबार गर्न सफल भइन् ।

माग बढ्दै जानु र बजार हिस्सा बढ्दै गएपछि अरुबाट खरिद गरेर ल्याउनुभन्दा आफ्नै मास्क उत्पादन गर्ने सोचका साथ फ्याक्ट्री सञ्चालनमा ल्याएकी छिन् । दैनिक १ लाख मास्क उत्पादन गर्ने लक्ष्यसहित उनीले अहिले १५ देखि १८ जना एकल महिलालाई रोजगारी पनि दिएकी छिन् । 
अहिले ज्योति र उनको टिमले अर्को कम्पनीमार्फत हार्पिक र सेनेटरी प्याडको पनि उत्पादनसमेत सुरु गरेकी छिन् । 

युनिकोन हेल्थ एण्ड हाइजिङ नामक कम्पनीबाट उत्पादन हुने प्रोडक्टहरूमा डिटर्जेन्ट, ह्यान्डवास, ट्वाइलेट क्लिनरलगायत प्रोडक्सन हुने ज्योतिले बताइन् । उनको टिममा सुदीप पाण्डे, आतिश गैरे, मधुसूदन सुवेदी र अर्जुनु गैरे छन् । 

आफैंले सञ्चालन गरेको व्यवसायमा आफैंले ताला लगाएर महिनौंसम्म बन्द गर्नुपर्ला भनेर कुनै पनि व्यवसायीहरूले कल्पनासमेत गरेका थिएनन् । तर, कोभिडका कारण जनजीवननै अस्तव्यस्त भएपछि महिनौं दिनदेखि सानादेखि ठूला होटलमा ताला लगाएर राख्नुपर्ने बाध्यता आइपर्यो ।

अहिले केही ठाउँका होटल व्यवसायीहरूले सदाका लागि आफ्नो व्यवसायबाट हात धोएर घरबेटीलाई साँचो बुझाइसकेका छन् । संकटको बेलामा समेत हार नखाई वैकल्पिक पेसाको रुपमा अगाडि बढाउने तारे होटलका सञ्चालक हुन् युवराज श्रेष्ठ ।

कोभिडको सन्त्रास रोकिएपछि पनि धेरै समय पर्यटन क्षेत्र उस्किने सम्भावना हुँदैन । त्यही भएर नेपालका चार जना युवा पर्यटन व्यवसायीले तारे होटल बन्द गरेर मास्क बनाउने उद्योग सञ्चालन गरेका हुन् । 

श्रेष्ठ भन्छन्, ‘कोरोनाले तीनवटा तारे होटल बन्द गरिदियो, तर, हामी भित्रको उद्यमशीलता बन्द गर्न सकेन । हामीले सानो लगानीमा भए पनि मास्क उद्योग स्थापना गरेका छौं । र, केहीलाई रोजगारी पनि दिएका छौं ।’

ग्रोमिन कम्पनीमार्फत ३० लाख रुपैयाँ लगानी गरेर मास्क उत्पादन गरिएको उनको भनाइ छ । होटल क्राउन प्लाजा, होटल प्रिन्स प्लाजा र होटल सिभम् प्लाजा सञ्चालन गर्दै आएका श्रेष्ठले ललितपुरको गोदावरी र चितवनमा रिसोर्टसमेत निर्माण गरिरहेका छन् । 

 

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top