काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले शनिबार नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर २ मा रहेको नुवाकोट दरबार सङ्ग्रहालयको निरीक्षण गरेका छन् ।
२०७२ को भूकम्पले जीर्ण बनाएको दरबार संग्रहालयको चीन सरकारको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम गरिरहेको छ ।
पुनर्निर्माण लगायतको विषयमा विदुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वीरेन्द्र शाहीले जानकारी गराएका थिए । मन्त्री ढकालले नुवाकोट भैरवी मन्दिरको दर्शनसमेत गरेका थिए ।
निरीक्षणमा नेकपा बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक एवं सो क्षेत्रका प्रदेससभा सदस्य केशवराज पाण्डे, नेकपा केन्द्रीय सदस्य विन्दा ढुंगाना, नेकपा नुवाकोटका सचिवालय सदस्य एवं पर्यटन विभागका प्रमुख काशीराज अधिकारी, सचिवालय सदस्यहरू गणेश श्रेष्ठ, रामकृष्ण खड्का, नारायणबहादुर बस्नेत, शिव चित्रकार नुवाकोट सम्पदा गाउँको अध्यक्ष पुष्कर शर्मा रिमाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, प्रहरी प्रमुख तुलबहादुर कार्की लगायत सहभागी रहेको थियो ।
थप
expand_moreकम
expand_less