‘एग्रेसिभ मार्केटिङमा’ जाने लक्ष्यमा धक्का लाग्यो: सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २१, मङ्गलबार,०३:४९:PM  
‘एग्रेसिभ मार्केटिङमा’ जाने लक्ष्यमा धक्का लाग्यो: सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री

चंकी क्षेत्री कलेज पढ्दा–पढ्दै बिमा क्षेत्रमा प्रवेश गरेका हुन् । जागिर खोज्ने सिलसिलामा उनले बिमा क्षेत्र रोज्न पुगे । सुरुवाति चरणमा उनले ओरेन्टल इन्स्योरेन्स कम्पनीमा आबद्ध भएका थिए । उक्त इन्स्योरेन्स कम्पनीमा सहायकको रूपमा उनले ३ वर्ष काम गरे । सहायकका रूपमा काम गरेका क्षेत्रीले युनाइटेड इन्स्योरेन्समा बजार व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । युनाइटेडमा दिएको टार्गेट पुर्याउन सफल भएका थिए । त्यसपछि उनी सहायक प्रवन्धकको रूपमा सगरमाथा इन्स्योरेन्समा प्रवेश गरेका थिए । क्षेत्रीको सगरमाथा इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा दोस्रो कार्यकाल चलिरहेको छ । उनले नेतृत्व गरेपछि सगरमाथाले धेरै बिमा शुल्क आर्जन गर्नुका साथै समयमै दाबी भुक्तानी गर्दै आएको छ । यस कारण सगरमाथा बिमितको रोजाइमा पर्दै आएको छ । कोरोना महामारीपछिको बिमा बजार र सगरमाथाको भावी योजनाका विषयमा केन्द्रित रहेर सीईओ क्षेत्रीसँग क्यापिटल नेपालका नबिन पोखरेलले गरेका कुराकानीको सारसंक्षेप ः  


सगरमाथा इन्स्योरेन्सले व्यवसायलाई विस्तार गर्न के–कस्ता रणनीतिहरू बनाउँदै छ ? 

बजारअनुसार हाम्रो बिमा व्यवसाय वृद्धि हुने देखिन्छ । यसपालि पनि सगरमाथाको व्यवसाय १० प्रतिशतका दरले वृद्धि हुने देखिएको छ । अर्थतन्त्र चलायमान हुँदा बिमा कम्पनीहरूलाई पनि व्यवसाय भित्र्याउन सजिलो हुन्छ । अहिले विगतकै आधारमा व्यवसाय अघि बढाउँदै जाने हाम्रो रणनीति हो । अरू कम्पनीहरूमा गएका व्यवसायलाई आफ्नोतर्फ आकर्षितका लागि प्रयास गर्ने हो । सगरमाथाले गतवर्ष २ अर्ब १९ करोड रुपैयाँ बराबरको व्यवसाय भित्र्याउन सफल भएको थियो । 

अहिले नयाँ व्यवसाय आउने संभावना छैन । पुरानालाई नै दीर्घकालीन बनाउन जोड दिनुपर्ने अवस्था छ । कोरोना महामारीले बन्द भएका कारण होटल तथा पर्यटन क्षेत्रबाट बिमा शुल्क भित्रिने संभावनासमेत कम छ । अर्थतन्त्र चलायमान भए फेरि बढ्छ । पुराना व्यवसायलाई नछाड्ने र अरूले गरेको व्यवसायलाई कसरी ल्याउने भन्ने हो । नयाँ केही आएको छैन । त्यसैले वृद्धि कम भएको हो ।लगानीका क्षेत्रहरू विस्तार हुँदा जोखिम बढ्छ । जोखिम बढ्दा बिमा गराउने पनि बढ्छन् । तर, अर्थतन्त्र नै चलायमान भएन भने पनि भइरहेका सम्पत्तिहरूको बिमा गर्दा व्यवसायको वृद्धि हुन्छ । 

अहिले पनि केही क्षेत्रमा त काम भइरहेका छन् । मोटरसाइकलको बिक्री लकडाउनको अवधिभर रोकिएको थियो । खुला भएपछि बिक्री ह्वात्तै बढेको छ । हामीले समयमै दाबी भुक्तानी गर्दै आएका छौं । भूकम्पमा परेका सबै दाबीको भुक्तानी हामीले गरेका थियौं । बिमा शुल्क र दाबी भुक्तानीमा बजारमा हाम्रो राम्रो रिपुटेसन छ । 

नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस) का कारण लाभांश वितरण गर्न पाउनुभएको छैन । आगामी वर्ष के हुन्छ ? 

महाविपत्ति कोषको पैसा पहिले चलाएकाले लाभांश वितरण नगरिएको हो । नाफाजति सबै कोषमा जम्मा भयो । यसपालि भने सेयरधनीहरूलाई लाभांश वितरण गर्न कम्पनी तयार छ ।

सगरमाथाले हालसालै मर्जरमा जाने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । मर्जरमा जाने योजना के हो ? 

मर्जर र एक्वायरमा जाने प्रस्ताव हामीले साधारणसभाबाट पारित गरेका छौं । मर्जरमा जाने विषयमा छलफल भएको छैन । विस्तारै छलफल अघि बढाउने छौं । किनभने मर्जर आवश्यक छ । पहिले चुक्ता पुँजी ४ अर्ब पुर्याउनुपर्छ भन्ने थियो । पछि १ अर्ब पुर्याउँदा हुन्छ भन्ने कुरा आयो । पुराना सबैले पुर्याइसके । नयाँ आउनेले पनि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर पुर्याउँदै छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूको आकार घटाएर जाने कुरा चलिरहेको बेलामा कुनै कम्पनीले इच्छा जाहेर गरेमा हामी एक्वायर गर्न तयार छौं । 

बजारमा रहेका २० वटा बिमा कम्पनीहरूको चुक्ता पुँजी २० अर्ब रुपैयाँ छ । तर, कुल बिजनेस भने २५ अर्ब रुपैयाँको  छ । यसले गर्दा पहिले लगानीकर्ताहरूलाई दिएको लाभांश अब दिन सकिँदैन । किनभने अहिले बजारको आकार त ठूलो भएको छ । तर, नाफा भने चुक्ता पुँजी हेरेर बाँडफाँड गरिने भएकाले प्रतिशत घट्न सक्छ । पहिले जति पुँजी कम थियो त्यतिनै बढी लाभांश वितरण हुने गरेको थियो । अहिले पुँजी बढेकाले सेयरधनीहरूलाई पहिलाको जस्तै धेरै लाभांश दिन सकिन्नँ ।

२५ करोड पुँजी हुँदा ४० प्रतिशत लाभांश बाँड्न सक्ने अवस्था थियो भने १ अर्ब रुपैयाँ पुँजी पुग्दा १५ प्रतिशत मात्र बाँड्न सक्ने अवस्था छ । यद्यपि, कम्पनीले हालसम्म लगानीकर्तालाई १२०० प्रतिशत प्रतिफल दिइसकेको छ । ३ करोडको कम्पनीलाई बोनस सेयरबाट चुक्तापुँजी १ अर्ब १२ लाख रुपैयाँ पुर्याएका छौं । पुँजी १ अर्ब रुपैयाँ पुर्याउन हामीले ८६ प्रतिशतसम्म बोनस सेयर दिएका छौं । 

No description available.

२५ करोड पुँजी हुँदा ४० प्रतिशत लाभांश बाँड्न सक्ने अवस्था थियो भने १ अर्ब रुपैयाँ पुँजी पुग्दा १५ प्रतिशत मात्र बाँड्न सक्ने अवस्था छ । यद्यपि, कम्पनीले हालसम्म लगानीकर्तालाई १२०० प्रतिशत प्रतिफल दिइसकेको छ । ३ करोडको कम्पनीलाई बोनस सेयरबाट चुक्तापुँजी १ अर्ब १२ लाख रुपैयाँ पुर्याएका छौं । पुँजी १ अर्ब रुपैयाँ पुर्याउन हामीले ८६ प्रतिशतसम्म बोनस सेयर दिएका छौं । 

कोरोना महामारीले सगरमाथा इन्स्योरेन्सलाई कस्तो प्रभाव पारेको छ ?

कोरोना महामारी विश्वव्यापी रूपमा एकाएक फैलन पुग्यो । महामारीको असर सबैतिर प्रत्यक्ष–अप्रत्यक्ष रूपमा परेको छ । सबैतिर असर पर्दा सगरमाथा इन्स्योरेन्समा असर नपर्ने भन्ने कुरै भएन । अहिले हरेक घरमा हेर्ने हो अधिकांशमा कोरोना महामारीको असर परेको छ । अहिले घरको बच्चालाई नै हेर्ने हो भने पनि बच्चालाई समेत कोरोना महामारीको असर छ । बच्चाहरू पढ्नका लागि विद्यालय जान पाएका छैनन्, राम्रोसँग खेल्न पाएका छैनन् । कोरोनाले हरेक व्यक्तिलाई प्रभाव पारेको छ । त्यो प्रभाव विश्वव्यापी रूपमा नै परेको छ । 

सोही कारण कोरोना महामारीको प्रभावबाट सगरमाथा इन्स्योरेन्स पनि अछुतो छैन । सुरुमा कोरोना महामारीको कारण नेपालमा लकडाउन हुँदा हामीले केही समय घरबाटै काम गर्याैं । सरकारले पनि अत्यावश्यक सेवाहरू रोकेन । बिमा सेवा पनि अत्यावश्यक सेवा भित्रै पर्ने भएकाले हामीले सकेसम्म सेवा दियौं । हाम्रै कर्मचारीहरूलाई समेत कोरोना पोजेटिभ देखियो । तर, कर्मचारीहरूलाई कोरोना पोजेटिभ देखिए पनि हामीले बिमा सेवा भने प्रवाह गरिनै रह्याैं ।

कोरोना महामारीकै कारण कम्पनीले सम्पन्न गर्न नसकेका पुराना योजना के छन्  ?

कोरोना महामारीले हाम्रो योजनामा त्यस्तो प्रत्यक्ष असर त पुर्याएको छ । तर, एग्रेसिभ मार्केटिङमा जाने हाम्रो लक्ष्य थियो, त्यसमा धक्का लाग्यो । अहिले कोरोना महामारीले नसताएको भए हाम्रो मार्केटिङले अर्कै हाइट लिइसक्थ्यो ।

कोरोना महामारीपछि बिमा क्षेत्रको वाेर्किङ कल्चरमा कस्तो परिवर्तन आएको छ ?

कोरोना महामारी पछि र अघिको कुरा गर्दा बोर्किङ कल्चरमा निकै भिन्नता आएको छ । सो भिन्नताहरूमध्ये सबैभन्दा ठूलो भिन्नता भनेको कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्व हो । अहिले यसको महत्व बढेको छ । कोरोना महामारी नआउँदा पनि डिजिटलाइजेसनको माग आइरहेकै थियो । कोरोना कहरकाबीचमा अहिले यसले रफ्तार लियो । अहिले हरेक व्यवसायमा डिजिटलाइजेसनलाई स्थान दिइन थालिएको छ ।

कोरोना बिमाको सुरुवातीमा बिमितको आकर्षण राम्रो थियो । दाबी भुक्तानीमा भएको ढिलाइले बिमितहरूमा एक किसिमको नैराश्यता देखिएको छ । यसले बिमितहरूमा बिमा क्षेत्रप्रति नै नकारात्मक असर पार्दैन ?

कुनै पनि नयाँ काम गर्दा हामीले बनाएका योजनाअनुसार नै काम हुन्छन् भन्ने छैन । त्यसमाथि पनि महामारीको विश्वमा कहीँं पनि बिमा हुँदैन । हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत यो कोरोना बिमा ल्याएका हौं । कोरोना बिमाले आर्थिक अवस्था कमजोर भएका बिमितलाई सहयोग गर्छ भन्ने हाम्रो उद्देश्य थियो । 

सुरुवाती चरणमा रतन टाटाले पनि आफूले नाफा आर्जन गरेको केही हिस्सा दान दक्षिणा गर्छु भनेका थिए । दानदक्षिणा गर्नु राम्रो हो भन्ने चलन बाबुबाजेको पालादेखि नै चलेकै कुरा हो । यस्तै यो कोरोना बिमा पनि परोपकारी ढंगले ल्याइएको बिमा योजना हो । यसलाई हामीले संस्थागत सामाजिक उत्तरदायित्वका रूपमा ल्याएका हौं । 

महामारीमा कोरोना बिमाले विशेषतः ग्रामीण भेगमा  रहेका जनता लाभान्वित हुन भनेर हामीले यो बिमा ल्याउन चाहेका हौं ।  पहिले सुरुवाति चरणमा हामीले हेर्दा १० हजारसम्मको मात्र दाबी भुक्तानी हामीलाई आउला भन्ने हिसाबले हामीले १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानीको तयारी गरेका थियाैं । 

त्यसरी हामी अघि बढ्यौ । तर, नामै महामारी भएकाले यसलाई नियन्त्रणमा लिने कुरा भएन । हामीले आँकलन गरेको भन्दा धेरै गुणा बढी कोरोना भाइरस धेरै फैलियो । एक त खुला सिमाना भएको कारणले पनि हुनसक्छ, अर्को भनेको यसको वृद्धिकै समय आएको पनि हुनसक्छ । 

तर, हामीले जसरी सामाजिक उत्तरदायित्वअन्तर्गत ल्याएका थियौं, सोहीअनुसार अघि बढाउन समस्या हुने जस्तो देखियो । त्यसरी कोरोना बिमा हामीले सोचेअनुरूप अघि बढाउन नसक्ने अवस्था आएपछि यसलाई रोक्नुपर्छ भन्ने लाग्यो । तर, सरकारले नै बजेटमार्फत आफ्नो वार्षिक कार्यक्रममा कोरोना बिमालाई समेट्यो । 

सरकारबाट पनि बजेटमा त्यसरी कोरोना बिमालाई सरकारी कार्यक्रम बनाएपछि त हामीले रोक्न नमिल्ने भयो । त्यसपछि हामीले कोरोना बिमाको स्वरूप नै परिवर्तन गर्नतर्फ लाग्याैं ।  सुरुमा कोरोना बिमा ल्याउँदा कोरोना लागेका बिरामीको उपचार सरकारले मात्र गर्ने भनेको थियो । पछिल्लो समय कोरोनाको उपचार नागरिक आफैंले गर्न थाले । 

कोरोना भाइरस पोजेटिभ पनि धेरै जनालाई देखिन थाल्यो । कोरोना बिमा दाबीमा केही समस्याहरू आए । कोरोना जाँच गराएका बिरामीकै नाम, नम्बर, ठेगाना सही आएनन् । यसले पनि कोरोना संक्रमित बिमितको पहिचानमा बिमा कम्पनीहरूलाई समस्या गरायो । एउटा राम्रो कुरा भनेको बिमा कम्पनीहरूले मोडालिटीसमेत परिवर्तन गर्न सफल भए ।

No description available.
  
कोरोना महामारी पछि र अघिको कुरा गर्दा बोर्किङ कल्चरमा निकै भिन्नता आएको छ । सो भिन्नताहरूमध्ये सबैभन्दा ठूलो भिन्नता भनेको कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्व हो । अहिले यसको महत्व बढेको छ । कोरोना महामारी नआउँदा पनि डिजिटलाइजेसनको माग आइरहेकै थियो । कोरोना कहरकाबीचमा अहिले यसले रफ्तार लियो । अहिले हरेक व्यवसायमा डिजिटलाइजेसनलाई स्थान दिइन थालिएको छ ।

२० वटा बिमा कम्पनीहरू माझ बिमितले सगरमाथा इन्स्योरेन्स नै छान्नुपर्ने कारणहरू के हुन् ?

सगरमाथा इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी समयमै गर्ने भएकाले यही कम्पनी छनोट गर्दा राम्रो हुन्छ भन्ने आम बिमितको सोच छ । बिमा गराउने बेलामा जति मिठो बोलेर बिमा गराइन्छ, दाबी भुक्तानी पनि त्यतिनै मिठो बोलेर गर्नुपर्छ । त्यो कुरामा धनी छ सगरमाथा इन्स्योरेन्स । सोही कारण बिमितले सगरमाथा इन्स्योरेन्स छान्दै आउनुभएको छ ।

निर्जीवन बिमा व्यवसायमा के कस्ता चुनौती र अवसर छन् ?

अहिले बजार यस्तो बनेको छ जहाँ चुनौतीभन्दा त अवसर नै धेरै छन् । कहिलेकाहीँ देखिने अस्वस्थ प्रतिस्पर्धाहरू हाम्रा समस्या हुन् । नभए बिमा बजार बढ्नु त हाम्रा लागि असर छ । बिमा क्षेत्रमा राज्यले ध्यान दिएमा रोजगारीका साथै कर पनि बढ्छ । बिमाले गर्दा हुने संभावित जोखिमको पनि सुरक्षण हुन्छ । 

बिमा समितिको नियमनलाई कसरी हेर्नुभएको छ ?

बिमा समितिले गरेको नियमन प्रभावकारी नै छ । पछिल्लो समय धेरै कुराहरू परिवर्तन भएको छ । बिमा कम्पनीको तर्फबाट हेर्दा बिमा समितिले गरेको नियमन राम्रो छ । बिमा समितिले सुपरिवेक्षणका कामहरू अघि बढाएको छ । बिमा कम्पनीहरूबीच आफैं हुने अस्वस्थ प्रतिस्पर्धाले नै बिमा बजारमा केही समस्या निम्त्याएको थियो । बिमा व्यवसाय भनेको सरकारको सहयोगमा नै राम्रोसँग अघि बढ्ने व्यवसाय हो । हामीले अन्तर्राष्ट्रिय बजारमा हेर्दा पनि सरकारले सहयोग गरेका देशमा बिमा राम्रो भएको छ । 

मलाई त बिमा अनिवार्य गर्नुपर्छ जस्तो लाग्छ । सरकारले बिमासम्बन्धी नीति बनाउन आवश्यक छ  । भूकम्पको बेलामा करिब १४ अर्ब रुपैयाँको दाबी पर्दा बिमा कम्पनीहरूले भुक्तानी नगर्लान कि भन्ने जनतालाई लागेको थियो । त्यसरी लाग्नु सामान्य पनि हो । तर, अहिले बिमा कम्पनीहरूले सबै दाबी भुक्तानी गरिसकेको अवस्था छ । भूकम्पको पैसा पाएका बिमितलाई त बिमाको महत्व झनै बढेको छ । फेरि पनि अरू प्राकृतिक प्रकोप जहिले पनि आउन सक्छन् । 

No description available.

महामारीमा कोरोना बिमाले विशेषतः ग्रामीण भेगमा  रहेका जनता लाभान्वित हुन भनेर हामीले यो बिमा ल्याउन चाहेका हौं ।  पहिले सुरुवाति चरणमा हामीले हेर्दा १० हजारसम्मको मात्र दाबी भुक्तानी हामीलाई आउला भन्ने हिसाबले हामीले १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानीको तयारी गरेका थियाैं । त्यसरी हामी अघि बढ्यौ । तर, नामै महामारी भएकाले यसलाई नियन्त्रणमा लिने कुरा भएन । हामीले आँकलन गरेको भन्दा धेरै गुणा बढी कोरोना भाइरस धेरै फैलियो ।

अनिवार्य हुन नसकेका कारण अहिले बिमा सहर केन्द्रित देखिएको छ ? ग्रामीण क्षेत्रमा पहुँच बढाउन सगरमाथाले के–कस्ता प्रयोग गरिरहेका छन् ? 

कोरोना बिमामा अनुदान दिएको जस्तो कृषिमा पनि अनुदान दिन आवश्यक छ । बिमा शुल्कबाटै कम्पनीले बिमा थेग्छन् भन्ने छैन । कृषिमा केही कीरा लाग्यो भने बाली सखापै पनि बनाइ दिन्छ । केही समयअघि सलह आउँदा अन्न बाली धेरै मात्रामा नष्ट भयो । त्यस्तो अवस्थामा सरकारले पनि बिमा कम्पनीहरूलाई सहयोग गर्नु आवश्यक हुन्छ । 

अहिले सरकारले बिमितलाई कृषि बिमामा अनुदान दिएकै आधारमा हामीले काम गरिरहेका छौं । कृषि बिमामा कम्पनीहरूलाई धेरै घाटा छैन । यसरी घाटा नहुुनुमा बिमा कम्पनीहरूले कृषकलाई लागत मूल्य मात्र दाबी भुक्तानी गर्छन् । सोही कारण टिकेको छ । 

किसानहरूलाई त बीउ रोप्दा लाग्ने भुक्तानी बिमाले गरेर पर्याप्त नहुन सक्छ । किसानहरूले रोपेको अन्न बाली भित्र्याउने बेलामा नष्ट भयो भने त उत्पादन मूल्यभन्दा लागत मूल्य दिन आवश्यक हुन्छ । आफ्नो अन्न बेच्दा पैसा किसानले जति पाउने हो, बिमा गरेको बाली नष्ट हुँदा त्यति नै रकम पाउन आवश्यक हुन्छ । यसरी पाउने रकममा बिमा कम्पनीले मात्रभन्दा पनि सरकारले पनि त सहयोग गर्न आवश्यक छ । 

तेस्रो पक्ष बिमा जस्तै अन्यमा आकर्षण नहुनुको कारण के होला ?

तेस्रो पक्ष बिमा भनेको बिमा अनिवार्य बिमा हो । तर, अरू बिमा भनेको त जसलाई पर्छ उसले धेरै बुझ्ने कुरा हो । अहिले म कोरोना बिमाको सन्दर्भ जोड्न चाहन्छु । कोेरोना बिमा गरेकाले पैसा पाउँदा कम्पनीहरूलाई धन्यवाद दिएका पनि छन् । तर, कोरोना बिमाको दाबी भुक्तानी पाइनसकेकाहरूले त बिमा कम्पनीले पैसा के गर्ला भन्ने त परेको छ नि ।

बिमा कम्पनीहरूले दाबी भुक्तानी गर्छन् तर त्यसमा कुनै शंका छैन । यसमा मुख्य कुरा भनेको बिमा कम्पनीबाट जसले भुक्तानी पाउँदा उसले अरूलाई पनि बिमा गर्न आवश्यक छ भनेर भन्छ । बिमाको महत्वको बारेमा एकबाट अर्कोमा भन्दै जान्छ । यसरी यो अन्य बिमामा पनि आकर्षण बढ्ने हो । 

अनुदानको बिमामा सरकार, नियामक लागेका छन् । बिमा कम्पनीहरूचाहिँ नाफा नहुने भएर कम सक्रिय भएका त होइनन् नि ?

पहिले ३, ४ करोडमा सीमित प्रिमियम अहिले चार÷पाँच वर्षमै ८६ करोड संकलन गर्न कम्पनीहरू सक्षम भएका छन् । अहिले त गाई–भैंसीमा अनुदान दिन्नभन्दा पनि कृषि बिमा बढ्छ । लघुबिमामा बिमा गर्नुपर्छ भन्ने चेतना धेरै छ । यसमा त बिमा कम्पनीहरूको पनि सक्रियता जोडिएको छ । 

कृषि बिमा कार्यक्रम अघि बढाउनुको उद्देश्य भनेको बिमा ग्रामीण भेगमा पुगोस् भनेर हो । बिमा पुग्नु भनेको त बिमा कम्पनीहरू नै पुग्ने हो । जाजरकोट, मुगु, जुम्लामा पनि त कम्पनीहरू पुगेकै छन् । अहिले त हाम्रो भौगोलिक कारणले पनि बिमा सेवामा असुविधा नपुगोस् भनेर कुन कम्पनीले कहाँको बजार हेर्ने भनेर जिल्ला तोकिएको छ । 

स्थानीय मान्छेहरूले हामी यति घर छाैं यति बिमा गर्नु पर्याेभन्दा कम्पनीहरूलाई पनि बिमा गर्न सहज हुने भयो । अहिले धेरै भोलुम नदेखिएका कारण अनुदानको बिमामा कम्पनीहरू सक्रिय देखिएनन् भन्ने तर्क गर्न सकिएला ।

तैपनि सरकारले अराए अनुसार निजी क्षेत्रका कम्पनीहरूले गरेको काम राम्रै छ । हामीले बिमा क्षेत्रका कतिपय कुराहरू अहिले पनि सिकिरहेका छौं । बिमा आफैंमा प्राविधिक विषय पनि हो । सरकारले यस्ता कुरा बुझाउन सहयोग गर्न आवश्यक छ ।

बिमितलाई के सन्देश दिन चाहनुहुन्छ ?

बिमा गरेर आफ्नो जिउ धनको सुरक्षा गर्न सकिन्छ । बिमा सबैको साथी हो । बिमा सबैलाई आवश्यक पनि छ । टन्न पैसा हुनेले धेरै बिमाशुल्क बुझाउने बिमा योजनामा सहभागी हुन सक्नुहुन्छ । यस्तै, आर्थिक अवस्था कमजोर भएकाहरूले कम बिमाशुल्क बुझाउने बिमा योजनामा सहभागी हुन सक्नुहुन्छ । बिमा योजनाले हरेक आर्थिक स्तर भएकाहरूलाई आर्थिक सुरक्षण प्रदान गर्न मद्दत गर्छ । 

बिमितको विश्वासले नै बिमा चल्ने हो । सगरमाथामा इन्स्योरेन्समा बिमितहरूको आकर्षण राम्रो छ । यही विश्वासलाई कायम राख्न कम्पनीले पनि आफ्नो तर्फबाट काम गरिरहनेछ ।  

तस्वीर: नाजिया श्रेष्ठ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top