काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विभिन्न कम्पनीका उत्पादनको विज्ञापन गरिरहँदा ती उपभोग्य वस्तुका गुणस्तरको पक्षलाई पनि हेक्का राख्न सुझाव दिएका छन् ।
नेपाल विज्ञापन सङ्घ (आन)को शनिबार यहाँ आयोजित २१औँ वार्षिक साधारणसभामा उनले गुणस्तरहीन सामग्रीको प्रयोगबाट हुनसक्ने रोगव्याधीको खतरालाई मध्यनजर गर्दै दूरदराजमा गुणस्तरीय सामग्री पुर्याउनेतर्फ हाम्रा विज्ञापन र सूचना परिलक्षित हुनुपर्नेमा जोड दिए ।
मन्त्री गुरुङले भने, “सरकार, निजी क्षेत्र र नागरिक समाज जवाफदेही र जिम्मेवार भएमा मात्र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल हुनसक्छ, कमजोरीलाई मात्र उछाल्ने होइन, सकारात्मक सन्देश प्रवाह गर्ने र गौरव बढाउने खालका कार्यक्रमलाई विज्ञापन र सूचनामा प्राथमिकता दिए मुलुकको गौरव बढ्छ ।”
थप
expand_moreकम
expand_less