प्रभु बैंकको साधारणसभा: लाभांश पारित, मर्जरमा जान ढोका खुला, ६ जना नयाँ सञ्चालक चयन 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २६, आइतबार ,०६:२१:PM  
प्रभु बैंकको साधारणसभा: लाभांश पारित, मर्जरमा जान ढोका खुला, ६ जना नयाँ सञ्चालक चयन 

काठमाडौं । प्रभु बैंकको १९ औं वार्षिक साधारणसभाले १०.५२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका अध्यक्ष देविप्रकाश भट्टचनको सभापत्विमा आइतबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गरेको हो । 

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा प्राप्ति प्रक्रियामा जानका लागि ढोका खुला समेत गरेको छ ।

मर्जर र प्राप्तिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले पारित गरेको बैंकले जनाएको छ । सभाले ऋषिराम गौतम, रमेशसिंह खड्का, शंकर कालिकोटे, प्रमोद घिमिरे, अन्जु अधिकारी र रामेश्वर सापकोटालाई  सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

सभा भर्चुअल माध्यमबाट केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा भएको थियो । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले बैंकको १० प्रतिशत बोनस सेयर पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top