इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्याेरेन्सबीच सम्झाैता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २८, मङ्गलबार,०४:४९:PM  
इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्याेरेन्सबीच सम्झाैता

काठमाडौं । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच   समझदारी पत्रमा हस्ताक्षर भएको छ । इजी ट्याक्सी एपमा आवद्ध ट्याक्सीहरुलाई बिमा सेवा दिने सहमतिसहित उक्त हस्ताक्षर सम्पन्न भएको हो ।

आइतबार प्रभु इन्स्यारेन्सको केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमकाबीच इजी ट्याक्सी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट सिइओ सन्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रभु इन्स्याेरेन्सका सिइओ बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तर्गत ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी धनीहरुलाई बिमा सुरक्षाको सम्पूर्ण सेवाहरु सरल दाबी भुक्तानीसहित उपलब्ध गराइने बताए ।

कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत संचालन भएका बीमा सेवा सुबिधाको लागि बिमा चेतना र सुबिधाका कार्यक्रमहरु गर्ने सहमति समेत गरेका छन् ।

इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिईरहेका ट्याक्सी व्यवसायीहरुको बिमा सुबिधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको पनि सेवा बिस्तार हुने बताए ।

इजी ट्याक्सी नेपालले मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्दै आएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top