मल नल्याउने शैलुङ र मुक्तिनाथ कम्पनीको धरौटी रकम जफत 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २८, मङ्गलबार,०५:३३:PM  
मल नल्याउने शैलुङ र मुक्तिनाथ कम्पनीको धरौटी रकम जफत 

काठमाडौं । समयमै रासायनिक मल नल्याउने कृषि सामग्री कम्पनीले नेपाली दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको धरौटी रकम जफत गरेको छ। सम्झौता बमोजिम मल नल्याएपछि दुई कम्पनीको गरी ७ लाख ९६ हजार अमेरिकी डलर जफत गरिएको कम्पनीले जनाएको छ । 

‘हामीले सम्झौता बमोजिम समयमै मल नल्याएपछि ती कम्पनीलाई कारबाही गरेका छौं,’ प्रवक्ता विष्णु पोखरेलले भने, ‘त्यसको पुन टेण्डर पनि खुलिसक्यो।’

उनका अनुसार शैलुङले मंसिर १३ गते (नोभेम्बर २८) भित्रमा र मुक्तिनाथले मंसिर १९ गतेसम्ममा मल ल्याइसक्ने गरी सम्झौता भएको थियो । कम्पनीले प्रथम चौमासिकमा १ लाख ५५ हजार टन बराबरको मल ल्याउन १२ लटमा ग्लोबल टेण्डर गरेको थियो।

बोलकबोलमा नेपाली कम्पनी शैलुङ, मुक्तिनाथ, इंडियन पोटास कम्पनी (आइपिएल) र दुवैको जेन ट्रेड कम्पनीले टेण्डर पाएका थिए। मुक्तिनाथ कम्पनीले युरिया मल ५० हजार र डिएपी २० हजार टन ल्याउन ठेक्का पाएको थियो भने शैलुङले ५५ हजार टन मल ल्याउन ठेक्का पाएको थियो।

त्यसका लागि कृषि सामग्री कम्पनीले शैलुङलाई ४ लाख २ हजार ५ सय अमेरिकी डलर र मुक्तिनाथलाई युरिया मलको लागि ३ लाख ९९ हजार र डिएपीको लागि ३ लाख ९७ हजार अमेरिकी डलर धरौटी रकम दिएको थियो।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top