सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढ्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,११:४८:AM  
सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन ९२ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्यसमेत प्रतितोला १० रुपैयाँले बढेको छ।

मंगलबार १२ सय ५० रुपैयाँमा प्रतितोला कारोबार भएको चाँदी बुधबारका लागि १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top