चार स्थानीय तहमा मात्रै बैंककाे शाखा पुग्न बाँकी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,०४:१९:PM  
चार स्थानीय तहमा मात्रै बैंककाे शाखा पुग्न बाँकी

काठमाडौं । चारवटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छन् । ताप्लेजुङको मिक्वाखोला, धादिङको रुबिभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडामा वाणिज्य बैंकको शाखा खुल्क बाँकी रहेको देखिएको छ । 

केन्द्रीय बैंकले २०७६ असारभित्र सबै स्थानीय तहमा बैंकका शाखा विस्तार गरिसक्नु पर्ने बताए पनि विभिन्न कारणले बैंकले शाखा विस्तार गर्न सकेका छैनन् । खासगरी भौगोलिक विकटता र प्रविधिको सहज पहुँच नभएका कारण ७ सय ५३ वटा स्थानीय तहमध्ये चारवटा स्थानीय तहमा शाखा विस्तार गर्न नसकिएको हो । 

केन्द्रीय बैंकले निकालेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कुल ७ सय ५३ स्थानीय तहमध्ये २०७७ मंसिरसम्म ७ सय ४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ मंसिरसम्म ७ सय ४३ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top