काठमाडौं । ग्लोबल आइएमई बैंकको १४औँ वार्षिक साधारणसभा बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७६/ ०७७ को नाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बोनश सेयर वितरण पश्चात बैंकको चुक्तापुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक आफ्नो स्थापना कालदेखि नै सरकार एवम नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए ।
नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको बताए ।
साबिकको जनता बैंक नेपालसँग मर्जपछि ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बनेको बताउँदै उनले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष ढकाललाई आजै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन ।
थप
expand_moreकम
expand_less