काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले केन्ट सुप्रिम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल गरी दुई आरओ मोडेल नेपाली बजारमा ल्याएको छ। स्वच्छ पिउने पानीका लागि उपयोगी हुने भन्दै कम्पनीले सो ब्राण्ड सार्वजनिक गरेको हो ।
केन्ट सुप्रिम लाइटमा केन्टको खनिज आरओ टेक्नोलोजी र टीडीएस नियन्त्रक रहेको छ । उक्त नियन्त्रकले पानीबाट हुने रोगहरूबाट जोगाउँछ ।
पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । आरओ, यूएफ, टीडीएस नियन्त्रणको बहु–शोधन प्रक्रियाले पिउने पानीलाई शतप्रतिशत शुद्ध बनाउँछ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ ।
केन्ट सुप्रिम लाइट पूर्ण स्वचालित स्वतः अन र अफ (बन्द) कार्यक्षमताको साथ आउँछ । शुद्धीकरण स्वचालित रूपमा बन्द हुन्छ । केन्ट सुप्रिम लाइट २१ हजार ९ सय ९० रुपैयाँमा खरिद गर्न सकिन्छ ।
केन्ट ग्रान्ड प्लस अल्कलाइन
केन्ट ग्रान्डप्लस अल्कलाइनले शतप्रतिशत शुद्ध र खनिजयुक्त पानी प्रदान गर्दछ । यसमा खनिज आरओ टेक्नोलोजी छ । नेपाली घर कार्यालय दुवैका लागि यो उपकरण उपयुक्त छ ।
केन्टको उत्कृष्ट अल्कलाइन आरओ प्युरीफायरले तपाईंको पानीको पीएचस्तर कायम राख्छ । यसले पानीको पीएच स्तर ८.० देखि ९.० कोबीचमा समायोजन गरेर पानीलाई क्षारिय बनाउँछ ।
केन्ट ग्रान्डप्लसअल्कलाइनको बजारको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ छ ।