काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा २७.२६ प्रतिशतले बढाएको छ । कोभिड महामारीका बीच ६ महिनाको अवधिमा बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६८ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले नाफा १८ करोड ९४ लाख रुपैयाँ बढाएको जानकारी दिएको छ ।
दोस्रो त्रैमाशमा मात्रै बैंकले ३५ करोड ९६ लाख रुपैयाँ नाफा गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीहरुलाई ८.९ प्रतिशत अर्थात ८४ करोड ८० लाख रुपैयाँ लाभांश बाँड्न सक्ने देखिएको छ ।
समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी बढेर १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको थियो । खुदब्याज आम्दानी र वासलातको समग्र वृद्धिले गर्दा यसको सकरात्मक असर नाफामा परेको बैंकले जानकारी दिएको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ८३ पैसा छ । अघिल्लो वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९५ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९५ प्रतिशत रहेको छ ।
यसबीचमा कोभिडका कारण बैंकको खराब कर्जा बढेर २.४२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खराब कर्जा ०.९९ प्रतिशत थियो । बैंकको निक्षेप लागत घटेर ६.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप लागत ७.९४ प्रतिशत थियो ।
बैंकको प्राथमिक स्रोत, कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो ७२.९१ र स्प्रेडदर ४ प्रतिशतमा झरेको बैंकले जनाएको छ । बैंकको निक्षेप बढेर १ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको निक्षेप परिचालन ८८ अर्ब ४९ करोड रुपैयाँ थियो ।
बैंकले झण्डै १८ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । यस्तै समीक्षा अवधिमा बैंकले ८७ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ७८ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । बैंकको चुक्तापुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ छ ।