काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समिति विस्तार भएको छ ।
उक्त गठित समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको बागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिएका छन् ।
समितिका सदस्यमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजय सिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्का, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष समिर विक्रम शाह चुनिएका हुन् ।
यस्तै, विशेष आमन्त्रित सदस्यहरूमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायणगोपाल श्रेष्ठ, गलैंचा व्यवसायी दावा शेर्पा, विरगंज उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सुशान्त चचान, नेपाल तयारी पोसाक उद्योग संघको महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासंघ नेपालका रुकमणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभुषण संघका उपाध्यक्ष सुमन ताम्राकार छन् ।
महासंघका पूर्वकार्यकारिणी समिति सदस्य राजन शर्मा, नेपाल चिया उत्पादक संघका सल्लाहकार उदय चापागाईं, नेपाल हव्र्स एण्ड हर्वल संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे समितिको सल्लाहकारमा चुनिएका छन् ।
समितिमा चुनिएका उद्यमी व्यवसायीहरूलाई महासंघका अध्यक्ष शेखर गोल्छाले औपचारिकपत्र हस्तान्तरण गरे । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिले उद्यमी व्यवसायीहरूले निर्यातका क्रममा भोग्नु परेका समस्याको पहिचान गर्दै समाधानतर्फ सरकारमा ठोस सुझाव दिन सक्रियतापूर्वक लाग्नु पर्ने बताए ।