काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीकोे सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा नेपाल चलचित्र संघका मधुसूदन प्रधान र नेपाल संगित उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर चुनिएका छन् ।
फोरमका सदस्यहरूमा नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रवीन्द्रकुमार रिजाल शशी, नेपाल कलाकार संघका कोषाध्यक्ष सुनील कटुवाल, चलचित्र निर्देशक मदन घिमिरे, नेपाल चलचित्र निर्माता संघका सचिव छविराज ओझा, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुली छन् ।
फोरममा आमन्त्रित सदस्यहरूमा नेपाल बोटल वाटर इण्डस्ट्रिज एसोसिएसनका अध्यक्ष सुभाष भण्डारी, चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा, गायिका इन्दिरा जोशी, नायिका नीता ढुंगाना, हास्यकलाकार केदार घिमिरे, चलचित्र नृत्यकार संघका निवर्तमान अध्यक्ष दिनेश प्राखिन, लोक गायिका प्रस्तोता मञ्जु पौडेल, रचना श्रेष्ठ, चलचित्र निर्देशक प्रदीप श्रेष्ठ, लेखक एवं पत्रकार सामिप्त तिमल्सिना रहेका छन् ।
कलाकार धर्मेन्द्र आचार्य, नायिका पवित्रा आचार्य, कलाकार, लेखक दिप्त प्रकाश अधिकारी, नेपाल उल फेल्ट प्रड्युसर एण्ड एक्सपोर्टका अध्यक्ष अमृत खड्का, चलचित्र सम्पादक शिव पुरी, व्यवसायी खुशल रेग्मी, गीतकार लोकराज अधिकारी, गायक मेघराज मगराती, कलाकार सुशान्तकुमार श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका सदस्य चेतन सापकोटा र फुटवेयर एसोसिएनबाट राजन श्रेष्ठ छन् ।
त्यसैगरी फोरमका सल्लाहकारहरूमा वरिष्ठ कलाकार एवं महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य नीरविक्रम शाह, गीतकार एवं वरिष्ठ चिकित्सक डा. भोला रिजाल, प्राध्यापक एवं चलचित्र निर्देशक राजेन्द्र सलभ, महासंघको पूर्वकार्यकारिणी समिति सदस्यद्वय कमला श्रेष्ठ र प्रेमाराज्य लक्ष्मीसिंह
छन् ।
उक्त फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्नुहु“दै महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि मुलुकको कला संस्कृति भनेको त्यस देशको सबैभन्दा बलियो निधि भएको बताए । अध्यक्ष गोल्छाले समग्र चलचित्र र यसस“ग जोडिएका अन्य व्यवसायलाई सम्मानित ढंगबाट अगाडि लैजान र सम्पूर्ण कलाकार, गीतकार, सर्जकहरुको संरक्षणमा काम गर्न समेत फोरमलाई आग्रह गरे ।
चलचित्र तथा गीत संगीत उद्योगले आयात गर्ने उपकरणहरूमा राज्यले विशेष छुट दिनुपर्नेमा अध्यक्षको जोड थियो । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने भन्दै अध्यक्ष गोल्छाले यस क्षेत्रलाई अझ बढी सम्मानित क्षेत्रको रूपमा स्थापित गराउने कार्यमा फोरमले विशेष भूमिका निर्वाह गर्ने आफ्नो विश्वास रहेको बताए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ पनि सहभागी रहेको कार्यक्रममा उपाध्यक्ष अंजन श्रेष्ठले नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रलाई अर्थतन्त्रको मूल हिस्सा बनाउनेतर्फ हाम्रो प्रयास हुनुपर्नेमा जोड दि“दै विशेष गरी श्रष्टा र सर्जकहरूको संरक्षण गर्न फोरमले कार्य गर्नेमा आफू विश्वस्त रहेको र त्यसमा आफ्नो तर्फबाट पनि सहयोग हुने विश्वास दिलाए ।
तत्पश्चात सभापति अधिकारीको अध्यक्षतामा बसेको बैठकले चलचित्र उद्योगले राष्ट्रिय मान्यता प्राप्त उद्योगको रुपमा समेटिएकाले समग्र चलचित्र तथा गीत संगीत क्षेत्रको विकासका लागि सरकारले दिनुपर्ने सहयोग लगायतका विषयमा सुझाव संकलन गरी सरकारमा पेश गर्ने, विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत सम्बन्धित देशहरूमा नेपाली चलचित्र, गित संगितको प्रवद्र्धन, रोयल्टी तथा कपीराइट संरक्षण लगायतका विषयमा काम गर्ने निर्णय गरेको छ ।