काठमाडौं । इन्धनको मूल्य बढाएको भन्दै आयात निगमको कार्यालय अगाडि विद्यार्थी संगठनहरुले प्रदर्शनसहित धर्ना दिएका छन् । आयल निगमले एकै महिनामा दुई पटक मूल्य वृद्धि गरेको भन्दै अनेरास्ववियुका विद्यार्थीहरुले निगमको केन्द्रीय कार्यालयअघि प्रदर्शन गरेका हुन् ।
आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । समायोजन गरिएको नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको उपाध्यायको दावी छ । निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो ।
थप
expand_moreकम
expand_less