काठमाडौं । सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव झक्कप्रसाद आचार्यलाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले यसअघि वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यलाई आन्तरिक राजश्वमा पठाएको हो । यसअघि विभागको महानिर्देशकमा विनोदबहादुर कुँवर थिए ।