८ सय बढ्यो सुनको मूल्य, तोलामा ८९ हजारमा कारोबार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ९, आइतबार ,११:३८:AM  
८ सय बढ्यो सुनको मूल्य, तोलामा ८९ हजारमा कारोबार 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । पछिल्ला केही दिन निरन्तर घटेको सुनको मूल्य आइतबार भने ८ सय रुपैयाँले बढेर ८९ हजारमा कारोबार भएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ८८ हजार २ सयमा कारोबार भएको थियो । छापावाल सुनको मूल्य तोलामा ८९ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८८ हजार ५५० सय कायम गरिएको छ ।      

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १३०५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३३० पुगेको महासंघले जनाएको छ ।   

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top