साझा यातायातको अध्यक्षमा पुनः दीक्षित 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ९, आइतबार ,०१:१९:PM  
साझा यातायातको अध्यक्षमा पुनः दीक्षित 

काठमाडौं । साझा यातायातको अध्यक्षमा पुनः कनकमणि दीक्षित नै दोहोरिएका छन् । । शुक्रबार बसेको साधारणसभाले दीक्षितलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

दीक्षितसँगै बन्दना थापा पनि सर्वसम्मत सदस्य (महिला)मा चुनिइन् ।  सुशील प्याकुरेल र भूषण तुलाधर निर्वाचन जितेर सदस्यमा चुनिएका छन् । रुद्र पौडेल पराजित भएका छन् । साधारणसभाले लेखा सुपरीक्षण समिति पनि चयन गरेको छ । समितिमा प्रदीप राजोपाध्याय संयोजक र सिर्जना देवकोटा तिमिल्सिना तथा कुललाल डंगोल सदस्य चुनिए ।

साधारणसभाले संस्थाको अधिकृत पुँजी बढाएर ५ अर्ब पुर्‍याउने निर्णय गरेको छ । साभारणसभाले आर्थिक वर्ष २०७५/७६ र र २०७६/७७को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top